EPISODE · Aug 29, 2023 · 1 MIN
अध्याय १३ - कुराकानी जारी राख्दै
from सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! · host Christina Sieber
अन्तिम सत्रको लागि, तपाई आफ्नो घरपालुवा जनावरमा फर्कन सक्नुहुन्छ, "नमस्ते" भन्नुहोस् र तपाईले तिनीहरूको बारेमा के देख्नुहुन्छ ध्यान दिनुहोस्। पहिलो सत्रमा पहिलो पटक भेटेपछि के तपाईको सम्बन्धमा केही परिवर्तन भएको छ? के तपाईका घरपालुवा जनावरको लागी केहि प्रश्नहरु छन्? के तपाई उनिहरूसंगै केहि समय बिताउन चाहानुहुन्छ र साथीहरु भेटेर गफ गरे झै कुराकानीलाई सजिलै संग चल्न दिन चाहानुहुन्छ ? अब सम्म तपाईलाई थाहा हुनेछ कि तपाईले यो कुराकानी तपाई: घरमा, अफिसमा, जंगलमा वा रेलमा जहाँ भए पनि सुरु गर्न सक्नुहुन्छ। तपाईले केवल "नमस्ते" भन्न सिक्नुभयो र थाहा पाउनु भयो कि तपाईको साथी सधैं उपस्थित हुन्छ। आफ्नो साथीसंग साझेदारी गर्नु वा सल्लाहको लागि सोध्नु तपाईको लागि बानी वा दोस्रो प्रकृति जस्तै हुनेछ। यो अद्भुत मित्रताको निरन्तरता हो।
NOW PLAYING
अध्याय १३ - कुराकानी जारी राख्दै
No transcript for this episode yet