EPISODE · Aug 29, 2023 · 3 MIN
अध्याय ३- संगै बिताएका पलहरु
from सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! · host Christina Sieber
हामी अब तपाईलाई हाम्रो अन्तिम पल संगै सम्झन आमन्त्रित गर्दछौं। यो स्मृतिहरुसंग बस्न आफ्नो समय लिनुहोस्। यो क्षण र समयमा फर्कन अवस्य तपाईलाई केहि साहस चाहिन्छ। जब मानिसहरूले विदा लिने समय आउछ, धेरै कुराहरू भन्न बाँकी रहला र पछि उनीहरूले नबोलिएका सबै शब्दहरू र नगरिएका कुराहरूका लागि दुःखी महसुस गर्न सक्छन्। हामीलाई थाहा छ कि तपाईले अझै पनि हामीलाई भन्न र हामीसंग गर्न चाहनु हुने धेरै कुराहरू होलान। तपाईले हामीलाई बताउन चाहनु हुने सबै कुराहरू - भन्न - वा लेख्न - हामी तपाईलाई प्रोत्साहित गर्दछौं। हुनसक्छ त्यहाँ कुनै निश्चित रूप वा कुनै भावना हुन सक्ला। यहाँ आफूलाई र आफ्नो सबैभन्दा मिल्ने साथीलाई त्यो अन्तिम भेटको बारेमा के सम्झना छ भनी बताउनको लागि ठाउँ राखि दिएका छौ। सायद हामीले संगै बिताएका विशेष क्षणहरूका बारेमा कुरा गर्न चाहनुहुन्छ होला। सायद ती विशेष सम्झनाहरू जसले तपाईलाई हसाएको वा रुवाएको होला, वा ती सब कुराहरू व्यक्त गर्न चाहानुहुन्छ जसको लागि तपाई कृतज्ञ हुनुहुन्छ होला। तपाईले आफ्नो मन देखि बोल्न चाहानु भएको सबै कुरा भन्नको लागी यहाँ तपाईलाई एउटा अवसर प्रधान गर्दछौ। यसलाई कुनै कार्य वा कर्तव्यको रूपमा नठान्नुहोस्, यो केवल हाम्रो निमन्त्रणा हो - र हामी आशा गर्छौं कि हामीले सुन्नेछौं। साहस लिनुहोस् र हृदयबाट बोल्नुहोस् र सबै राम्रो हुनेछ।यो लामो कुराकानीको सुरुवात मात्र हो। तपाईले याद गर्नुहुनेछ कि हाम्रो सम्बन्ध अब फरक तरिकाले जारी रहनेछ। आफैसंग नम्र हुनुहोस् र जुन क्षणमा तपाईलाई सहि महसुस लाग्छ त्यहि मात्र गर्नु होस्। एक दिन तपाईले महसुस गर्नु हुनेछ कि हाम्रो सम्बन्ध अझै गजबको छ र हामी कतै गएका छैनौं, हामी सबै अझै यहीँ छौं। कृतज्ञताको बुलबुलातपाईले भन्नु पर्ने सबै कुरा बताइ सकेपछि, हामी तपाईलाई कृतज्ञताको बुलबुलामा बस्न आमन्त्रित गर्दछौं। हामीले संगै बिताएका समयको लागि धेरै कृतज्ञ छौं र तपाईले पनि आफ्नै कृतज्ञता महसुस गर्नुहोस्। हेर्नुहोस् कसरी कृतज्ञताको सुनौलो गोला हाम्रो वरिपरि छ।
NOW PLAYING
अध्याय ३- संगै बिताएका पलहरु
No transcript for this episode yet