EPISODE · Jan 21, 2024 · 2 MIN
स्वागत छ
from हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! · host क्रिस्टिना सिबर
स्वागत छपशु राज्यबाट, विशेष गरी तपाईको घरपालुवा जनावरबाट अभिवादन ! यसरी हामी तपाईसंग कुरा गर्न सक्षम भएकोमा साँच्चै खुसी छौं। हामी तपाईलाई धेरै कुराहरू भन्न चाहन्छौं, तर हामी यसलाई छोटो राख्नेछौं किनभने हामीलाई थाहा छ तपाईको जीवन कति भरिपुर्ण छ भनेर। हामीले सधैं चाहेको कुरा तपाईसंग साझा गरेर हामीसंग तपाईको जीवन सजिलो बनाउन चाहन्छौं । साँच्चै एक प्रेम पत्र जस्तै - हामी तपाईको कति ख्याल गर्छौं भनेर तपाईलाई बताउने यो एउटा मौका हो। हाम्रो कुराकानीमा स्वागत छ - हामी आशा गर्छौं कि धेरै मध्येको यो एक कुराकानी हुनेछ। यो हाम्रो घरपालुवा जनावरहरुले वास्तवमै तपाईसंग के भन्न चाहन्छन् भन्ने कुरा साझेदारी गर्न तिनीहरू संग मिलेर बनाईएको एक अन्तरक्रियात्मक पुस्तक हो। यो एक प्रकारको कार्यपुस्तिका हो र यहाँ तपाईको नोटहरूको लागि ठाउँ पनि राखिएको छ। हाम्रो घरपालुवा जनावरहरु संग मिलेर बनाईएको यो एक अन्तरक्रियात्मक पुस्तक हो। यहाँ पशु संचारको एक खण्ड पनि छ जहाँ घरपालुवा जनावरहरूले उनीहरु संग कुरा गर्न को लागी परिचय दिदै तपाईलाई सम्झाउछन कि तपाईलाई वास्तवमा यो पहिले नै थाहा छ। यदि तपाई यो अध्यायहरू सुन्न चाहनुहुन्छ भने हामीले तपाईको लागि अडियो रेकर्ड गरेका छौं:we-are-family.transistor.fm हामी तपाईलाई खुसी र भरिपूर्ण हृदयले भेट्दै - हामीले भन्न चाहेका कुरा पढ्नको लागि समय निकाल्नु भएकोमा तपाईलाई धेरै धन्यवाद दिन चाहन्छौं। हामी आशा गर्छौं, तपाई आफ्नो हृदयमा महसुस गर्न सक्नु होला कि हामी तपाईलाई धेरै माया गर्छौं ! हामी यहाँ तपाई संग हुन पाउँदा खुसी र कृतज्ञ छौ ! अन्तमा, हामीले यो पुस्तक लेख्न चाहेको कारण: तपाईलाई यो भन्न कि तपाई हाम्रो परिवारको हिस्सा हुनुन्छ र हामी तपाईको परिवारको हिस्सा हुन पाउँदा अत्यन्तै खुसी छौं। परिवार सधैको लागि हो। हाम्रो सबै मायाका साथ्,तपाईका घरपालुवा जनावर, साथी, प्रियजन, र तपाईका परिवार।
NOW PLAYING
स्वागत छ
No transcript for this episode yet