EPISODE · Apr 27, 2025 · 45 MIN
७० रुपैयाँको पासपोर्ट र डीजल खाने मानिसहरू : दिलकुमार घर्ती मगरको ऐतिहासिक यात्रा
from MAGAR KHAAM · host Bishal Roka Magar
यो विशेष एपिसोडमा, होस्ट विवश बुढा मगरले एक अद्भुत यात्राको कथा प्रस्तुत गर्दैछन् — यात्रा जुन ७० रुपैयाँको पासपोर्ट बाट सुरू भयो र आज हजारौं मगर खाम युवाहरूको सपना बैदेशिक बनेको छ।हाम्रा पाहुना दिलकुमार घर्ती मगर, राप्ती अञ्चलको टकसेराबाट, आफ्नो अनुभव सुनाउनुहुन्छ — कसरी उहाँ २०३८ सालमा बराहाइन (बहराइन)देशमा कार्यरत हुन पहिलो कामदार भिसामा विदेश जानु भयो।मगर खाम (टकाले) भाषामा गरिएको यो अन्तरवार्तामा दिलकुमार घर्ती मगरले सम्झनुहुन्छ त्यो समय, जब ७० रुपैयाँमा राहदानी बन्थ्यो र विदेश जाने कुरा यति अनौठो लाग्थ्यो कि गाउँमा मानिसहरू भन्थे — "उता बिदेशका मानिसहरू डीजल खान्छन।"उहाँले परिवारसँग कुनै सम्पर्क बिना परदेशमा लामो समयसम्म गरेको कठोर श्रम, गाउँ टाढाको जीवन संघर्ष, र पहिलो पुस्ताले देखेको सपना पूरा गर्ने संघर्षको कथा साझा गर्नुहुन्छ।यो एपिसोड केवल एउटा यात्रा होइन — यो हो साहस, मेहनत, र भविष्यको खोजीमा गरिएको पहिलो पाइलाको सजीव सम्झना।
Embed this episode
NOW PLAYING
७० रुपैयाँको पासपोर्ट र डीजल खाने मानिसहरू : दिलकुमार घर्ती मगरको ऐतिहासिक यात्रा
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.