आर्थिक कुराकानी: ब्याज दर बढेन भनेर ढुक्क हुने कि नहुने? episode artwork

EPISODE · Jun 24, 2026 · 23 MIN

आर्थिक कुराकानी: ब्याज दर बढेन भनेर ढुक्क हुने कि नहुने?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

आर्थिक वर्ष सन् २०२५-२६ लाई बिदा गर्दै २०२६-२७ लाई स्वागत गर्ने समय भएको छ। अस्ट्रेलियामा जुलाई १ देखि के-के परिवर्तन हुँदै छन् त? यो लगायत रिजर्भ ब्याङ्कले ४.३५ प्रतिशतमा यथावतै राखेको ब्याज दर र ‘क्यापिटल गेन्स ट्याक्स‘मा फेरबदलसँगै के अब ‘प्रपर्टी इन्भेस्टर’ बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त जस्ता जिज्ञासाहरूको उत्तरका साथ हामी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यस महिनाको आर्थिक कुराकानी लिएर आएका छौँ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।यस महिनाको कुराकानीका मुख्य विषयहरू:📉 रिजर्भ ब्याङ्कले ब्याजदर ४.३५ प्रतिशतमै राखेपछि अब ऋण लिने र घर किन्नेहरूको योजना कस्तो हुनुपर्छ?💰 बढ्दो ऋणको किस्ताले दबाबमा परेकाहरूका लागि — घर बेचेर भाडामा बस्ने कि केही समय धैर्य गर्ने?📊 आर्थिक वर्ष २०२५–२६ कस्तो रह्यो? र जुलाई जुलाई १ देखि लागू हुने प्रमुख आर्थिक परिवर्तनहरू के हुन्?🏘️ क्यापिटल गेन्स ट्याक्समा प्रस्तावित परिवर्तनपछि के अब ‘प्रपर्टी इन्भेस्टर’ बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त?🏠 इन्भेस्टमेन्ट प्रपर्टीहरूको सङ्ख्यामा गिरावट हुँदै गर्दा, के अब रेन्टल प्रपर्टीहरूको सङ्ख्या पनि घट्न सक्छ होला? र ‘स्टक कम’ भएपछि, के घरभाडा पनि बढ्ला?⚽ फिफा विश्वकपले विश्व अर्थतन्त्रलाई कत्तिको चलायमान बनाउँछ?🥅 सकरुजका थुप्रै खेलाडी उत्पादन गरेको सिड्नीको वेस्टफिल्ड्स स्पोर्ट्स हाई स्कुल रहेको फेयरफिल्ड वेस्ट क्षेत्रमा घरको माग र मूल्य कस्तो छ? राम्रो विद्यालय र खेलकुदको प्रतिष्ठाले स्थानीय घरबजारलाई कत्तिको प्रभाव पार्छ?

Episode metadata supplied by the publisher feed · Published Jun 24, 2026

Embed this episode

NOW PLAYING

आर्थिक कुराकानी: ब्याज दर बढेन भनेर ढुक्क हुने कि नहुने?

0:00 23:32

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 23 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 24, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!