Skip to content
Daily devotion: 1 John 1:5-7 episode artwork

Dec 20, 2021 1 min

Daily devotion: 1 John 1:5-7

from Pastor Nayan Rai (audio) Hosted by Pastor Nayan Rai

(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 यूहन्ना 1:5-7 (NNRV) 5. जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।6. यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।7. तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। अन्धकारको भाग निराश र डरलाग्दो हो भने उज्यालोको भाग आशा र आनन्दको। परमेस्वर ज्योती हुनुहुन्छ। यशुले भन्नुभयो- म सन्सारको ज्योती हु (युहन्ना 8:12)। मानिसहरुको आत्मिक अन्धकारमा ज्योती छर्न येशु सन्सारमा आउनुभयो। अचम्मको कुरा छ! येशु सन्सारमा मानिसहरुकै बिचमा सङ्गती गर्न, जिउन अनुभव गर्न र बलिदान हुन आउनुभयो। आज यशुलाई बिस्वास गर्नेहरुमा परमेस्वरको ज्योती प्रकट भएको छ। अन्धकारको शक्ति हारेको छ। येशुले भन्नुभयो- बाटो, सत्य र जीवन म नै हु। आज हामिले सत्यलाई चिन्न सकेका छौ । सत्यमा ज्योती हुन्छ, स्थायी उज्यालो हुन्छ। उज्यालोमा मात्र जिबनको बाटो पहिल्याउन सकिन्छ। मेरो प्रार्थना छ, तपाईले जिबनको बाटो , ज्योती र सत्यलाई चिन्न सकेकोले अन्य हजारौं मानिसहरुलाई पनि त्यो ज्योती , बाटो र सत्यमा चिनाउन प्रयास गर्नेछ। सङ्गतिमा डोर्याउनेछ। अन्धकारको शक्तिको विरुद्ध ज्योतिमा खडा भएर येशुको नाउको प्रचार र महिमा गर्नेछ। आमेन। 20 डिसेम्बर 2021 -पास्टर नयन राई

Episode details come from the podcast's RSS feed.

Embed this episode

Ready to play

Daily devotion: 1 John 1:5-7

0:00 1:52

No transcript yet.

Requests help us decide what to transcribe next.

Frequently asked questions

How long is this episode of Pastor Nayan Rai (audio)?

This episode is 1 minute long.

When was this Pastor Nayan Rai (audio) episode published?

This episode was published on December 20, 2021.

Can I download this Pastor Nayan Rai (audio) episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.