Daily devotion : 1 peter 3:8
from Pastor Nayan Rai (audio) Hosted by Pastor Nayan Rai
(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ पत्रुस 3:8 (NNRV) 8. अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। परमेश्वरले सन्सारलाई यस्तो प्रेम गर्न भयो कि उहाको एकलौटि पुत्र पनि दिइहाल्नु भयो ताकी उहाँ माथी बिस्वास गर्ने कोहि पनि नाश नहोस तर अनन्त जिबन पाओस(युहन्ना 3:16)। परमेस्वर प्रेम हुनुहुन्छ । प्रेम बाट प्रेम बग्दछ। सन्सारमा येशु आउनुको कारण परमेस्वरको प्रेमलाई मानिसहरुमा बगाउनलाई हो। त्यो प्रेम पृथ्वीका समस्त मानिसहरुको निम्ति हो। 1 पत्रुस 3:8 ले भन्छ- आत्माको एकतामा बस, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। आत्मिक सदस्य हरु बिचको एकताले सन्सारलाई जित्ने शक्ति उत्पन्न गर्दछ। माथी भनिए झै परमेस्वर प्रेम हुनुभएकोले हामी बाट पनि प्रेम नै बग्न जरुरी छ। तपाईं भित्र पबित्र आत्मा बास हुनु भएकोले तपाईको जिबनबाट प्रेम बगि निस्कन कसैले रोकन सक्दैन । जसै हामी आफू आफै खृस्टको अघि जान्छौं र नम्रतामा प्रभु सामु हाम्रो सबै भुल पाप कमजोरि स्वीकार गर्दछौं , प्रभुले उहाको प्रेमले फेरि हामिलाई भरी दिनुहुन्छ । प्रभुले अरुहरुलाई प्रेम गर्ने, कोमलताको हृदय, पनि हाली दिनुहुन्छ। हाम्रो प्रेम आत्मिक दाजु भाईहरुमा मात्र सिमित नरही बाहिर तर्फ, अझै पनि खृस्टलाई चिन्न नसकेका धेरै जनाकहाँ पनि पुग्नेछ । यसर्थ, धेरैले परमेस्वरको प्रेमलाई अनुभव गर्नेछन् । आमेन। 13 डिसेम्बर 2021 -पास्टर नयन राई
Embed this episode
No transcript yet.