EPISODE · Dec 28, 2021 · 3 MIN
Daily devotion: 2 Kings 13: 15-19
from Pastor Nayan Rai (audio) · host Pastor Nayan Rai
(Daily devotion) आजको बचन मनन गर्नुहोस। २ राजा 13:15-19 (NNRV) 15. एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्।” अनि तिनले त्यसै गरे।16. तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्।” तिनले त्यसै गरेपछि एलीशाले आफ्ना हात राजाका हातमाथि राखे।17. तिनले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस्।” राजाले त्यो खोले। एलीशाले “हान्नुहोस्” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।”18. त्यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्नुहोस्।” तिनले तीन पल्ट हानेर थामे।19. परमेश्वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्ट हान्नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्नुहुनेथियो र त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।” अब एलिशा जिबनको अन्तिम दिनहरुमा थिए। यहुदाका राजा तिनलाई भेट्न गएर सहायताको निम्ती बिन्ती गरे। देशमा शत्रुहरुको आक्रमणले कमजोर थियो। परमेस्वरले बाहेक कसैले उनिहरुलाई बचाउन सक्थेन। राजालाई अगमबक्ताले धनु हातमा लिएर पुर्बतर्फ अर्थात अरामिहरुको दिशा तर्फ हान्न भने। फेरि भुईमा हान्न भने । तर राजाले पाच वटा काड मध्य तीन वटा मात्र हानेर बिसाये। एलिशा रिसाए र भने तीन पल्ट हानेकाले त्यति नै पटक शत्रुहरुलाई जित्नेछौ। धनु चाहिँ हाम्रो बल र शक्ति हो जो परमेस्वरले दिनुहुन्छ। काड चाहिँ बिजय हो जो परमेस्वरले दिनुहुन्छ। तर यहाँ अगमबक्ताले भने अनुसार नगरेर राजाले बिस्वासमा कमजोर देखिए। अब तिनले सधैको निम्ति होइन। तीन पटक मात्र शत्रुहरुलाई जित्ने थिए। आज तपाईलाई पनि परमेस्वरले बल र शक्ति दिदै हुनुहुन्छ। पबित्र आत्माले शक्ति दिनुहुन्छ। अन्धकारका शक्तिको विरुद्ध,तपाईका शत्रुहरुको बिरुद्ध बिजयको काड हान्नुहोस। धनु चाहिँ पबित्र आत्मा हुनुहुन्छ जो तपाईमा हुनुहुन्छ। काड चाहिँ वचन हो जसले तपाईलाई बिजय दिन्छ। यसर्थ, पबित्र आत्माको शक्तिमा अभिशेकमा वचन घोषणा गर्नुहोस। बिजयको काड हान्नुहोस। नथाकिकन र नरोकिकन बचनको काड हानिरहनुहोस। तपाईको बिजय निश्चित छ। हाम्रो परमेस्वर बिजयको परमेस्वर हुनुहुन्छ। आमेन। 28 डिसेम्बर 2021 पास्टर नयन राई
Embed this episode
Ready to play
Daily devotion: 2 Kings 13: 15-19
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.