Daily devotion: प्रकाश 19:7
from Pastor Nayan Rai (audio) Hosted by Pastor Nayan Rai
(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 19:7 (NNRV) 7. हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्। यशु हाम्रो उद्दारकर्ता र थुमासग मिलनलाई युहन्नाले दर्शनमा बिबाह भोजको रुपमा देखेका छन। मन्डली अर्थात बिस्वासीहरु दुलहिको रुपमा खृस्टको आगमनको दिन पर्खेर बसेका छन। जब खृस्टको दोस्रो आगमन हुनेछ, उहाले आफ्नो रगतले किनेका समस्त बिस्वासिहरुलाई दुलाहाले झै उठाई लैजानेछ। यसर्थ, दुलहाको निम्ती मन पर्ने भएर उहाको प्रतीक्षा गर्नु मन्डली अर्थात बिस्वासिहरुको आजको काम हो। संसारको सबै अभिलाषालाई त्यागेर स्वर्गीय कुराहरुमा मन लगाउनु, पबित्र आत्माको अगुवाईमा जिउनु, बचन अध्ययन मनन गर्नु र उहाको राज्यको निम्ति काम गर्नुले नै अशल दुलहिको रुपमा तपाईं र म बनिइदै जानेछौ। के तपाईं यशुको दुलही अर्थात यशु सगै जान तयार हुनुहुन्छ? एक पटक बिचार गर्नुहोस! आजकै रात यशु दोस्रो आगमनमा आउनु भयो भने के तपाईं उहाको दुलही बनिन योग्यको जीवन जिउदै हुनुहुन्छ? यो कुरामा समय छदै गम्भीर बन्न आबश्यक छ। तपाईं हामी प्रत्येक नै थुमाको दुलही बन्न सकौ भन्ने उहाको ईच्छा छ। आमेन। 25 जनवरी 2022 पास्टर नयन राई
Embed this episode
No transcript yet.