EPISODE · Nov 24, 2021 · 2 MIN
Daily devotion: Proverbs 30:7-9
from Pastor Nayan Rai (audio) · host Pastor Nayan Rai
(Daily devotion) आजको वचन मनन गर्नुहोस। हितोपदेश 30:7-9 (NNRV) 7. “म तपाईंसँग दुई वटा कुरा माग्दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्।8. असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्।9. अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला। हितोपदेसका लेखकले यहाँ आफ्नो मृत्यु अघि अर्थात जिबित रहदा सम्म दुई वटा कुराको माग गरेका छन। १)असत्य वा झुटो कुराबाट परमेस्वरले उनलाई टाढा राखुन। २) चरम अभाबको दरिद्रता-गरिबी वा अकुत धनसम्पतिमा पनि नपरुन। मानबिय कमजोरिका यी क्षेत्रहरु नै हुन जसमा सायदै चुकेका हुदैनन। एक पटकको झुट वा असत्यलाई ढाकछोप गर्न सयौं झुट बोल्नु पर्ने हुन्छ। अन्तत यसले दुख्द मृत्यु ल्याउछ । चरम अभाब- दरिद्रताको अबस्थामा चोरी वा अरुनै तरिका अपनाएर जिबिका टार्नेहरु धेरै हुन्छन् । मानिस चुक्ने धेरै संभावना छ। अती धन सम्पती हुदा पनि मानिसले परमेस्वरमा होइन धन सम्पतिले बचाउछ र त्यो नै सबथोक हो भन्ने बिचार उत्पन्न हुन सक्छ। अति धन हुनेहरु नै अति लोभमा रहनेहरु पनि देखिन्छन् । त्यसैकारण , मानबिय कमजोरीलाई परमेस्वरले उजागर गर्नुहुदै चेताउनीका यी बचनहरु बोल्नुहुन्छ। हामि पनि प्रार्थना गरौ कि हामिलाई परमेस्वरले यी कुराहरुबाट टाढा राख्नु भएको होस। असत्य वा झुटबाट सधै बच्न सकौ । अति अभाब वा अति धन सम्पतीमा होइन परमेस्वरले हामिलाई यतिको अबस्थामा राख्नु भएको होस , जतिकोमा राख्दा हामी उहाको एक मन पर्ने र उपयोगी साधन बन्न सक्नेछौ । आमेन। 24 नोभेम्बर 2021 -(पास्टर नयन राई)
Embed this episode
Ready to play
Daily devotion: Proverbs 30:7-9
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.