EPISODE · Mar 10, 2022 · 2 MIN
Daily devotion- यशैया 9:2,6
from Pastor Nayan Rai (audio) · host Pastor Nayan Rai
Daily devotion) आजको वचन मनन गर्नुहोस। यशैया 9:2,6 (NNRV) 2. अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।6. किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रा निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ...। यहाँ उल्लेख गरिएका शक्तिशाली वचन खण्ड हामी प्राय गरेर खृस्टमस आउनै लाग्दा सुन्ने गर्छौ। अन्धकारमा हिड्नेहरुको निम्ति येशू ज्योती हुनुहुन्छ। यो पृथ्वी अन्धकारको शक्तिले भरिएको छ। यशू नआउनु भएको थियो भने अन्धकारबाट हामीले कहिल्यै छुटकारा पाउन सक्ने थिएनौ। परमेस्वरलाई महिमा! येशू छोरो भनेर जन्म लिनुभयो। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार हुनुहुन्छ। आज पनि येशू उहीँ हुनुनुन्छ। के आज तपाईलाई सल्लाह, मार्ग दर्शन चाहिएको छ? यशूलाई माग्नुहोस। उहाँले शान्ति दिनुहुन्छ। सन्सारमा भैरहेको युद्ध र हिंसाको बिचमा यशू नै शान्ति हुनुहुन्छ। सबैलाई चाहिएको येशू हुनुहुन्छ। उहाको शासन चाहिएको छ। प्रीयहरु, प्रभु येशू बालकको रुपमा जन्म लिनु भयो । तर अहिले उहाँ राजा हुनुहुन्छ। उहाँ तपाईको निम्ति क्रुसमा टागिएर मर्नु भयो, गाडिनु भयो र पुनोरुत्थान हुनु भएर स्वर्गमा बिराजमान हुनुहुन्छ। आउनुहोस, येशूलाई पुकार गरौ। हाम्रो शान्तिको निम्ति। बिश्व शान्तिको निम्ति। आजका डरलाग्दा समयमा, उहासग मार्गदर्शन र सल्लाह मागौ। अन्धकारमा हिड्नेहरुको निम्ति येशू ज्योती हुनुहुन्छ। आमेन। 10 मार्छ 2022 पास्टर नयन राई
Embed this episode
Ready to play
Daily devotion- यशैया 9:2,6
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.