Skip to content
गायक सुरज पण्डितको प्रेरणादायी सफलता episode artwork

Jan 10, 2021 5 min

गायक सुरज पण्डितको प्रेरणादायी सफलता

from CIN NEWS Hosted by CIN NEWS

जुम्लाको मालाभिटमा जन्मनुभएका सुरज पण्डित स्थानीय रत्नचुँडेश्वर माविको वार्षिकोत्सवमा होस् वा बर्सेनि आयोजना हुने रनिङशिल्ड प्रतियोगितामा, ठाडी भाका, नारायण गोपालका गीत गाउन अघि सर्नुहुन्थ्यो । यो कक्षा ७ पढ्दै गर्दाको कुरा, यसैगरी ३ वर्ष बितेपछि २०६८ सालमा सार्वजनिक रुपमा गीत गाउने अवसर पाउनुभयो । सानै उमेरमा मीठो गीत गाउने भएपछि स्थानीय प्रशंसकहरू बढ्दै गए, उहाँमा भने गीत रेकर्ड गर्ने रहर । २०६९ सालमा ५० हजार लिएर काठमाडौँ छिरेकोमा ३५ हजार गीतमा सकियो । जुन गीत ‘माया गर्ने जीवनसाथी’ बोलको थियो । त्यसको एक वर्षपछि फेरि काठमाडौँ आउँदा अघिल्लो पटककोभन्दा १० हजार बढी अर्थात ६० हजार रुपैयाँले ५ महिना मात्रै बस्न मिल्यो । उपलब्धिको रूपमा ‘जोडेउ नाता सिन्दुरको’ बोलको गीत रेकर्ड गरियो, रोशन बुर्थापाको सङ्गीत र सुरजको शब्द अनि स्वरमा । २०७१ सालमा ‘बसेर पिपल चौतारी’, बोलको गीतमा स्वर दिनुभयो भने सुरजले आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गरेको ‘ए मेरी टुल्की’ बोलको गीत एउटा चलचित्रका लागि ९० हजारमा बिक्री भयो । आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभयो, जसले डेढ दर्जन गीत गाउन र भविष्यमा गाइरहन प्रेरणा मिलिरहेको छ । यसलाई उहाँ जीवनकै सबैभन्दा ठूलो उपलब्धी मान्नु हुन्छ ।‘आफ्नै खर्चमा गीत रेकर्ड गर्नुपर्ने, बजारमा पठाउनुपर्ने समस्या भइरहेका बेलामा मेरा लागि ९० हजार भन्ने कुरा निकै ठूलो भयो ।’ सुरजले सुनाउनुभयो । यसबीचमा २०६५ देखि ४ वर्ष म्याराथन धावकको यात्रा पनि उहाँको सुखद नै रह्यो । धनगढीमा भएको राष्ट्रिय खेलकुदमा १० किलोमिटर दौडमा स्वणर् र ५ किलोमिटरको दौडमा रजत जिते पनि शारीरिक समस्याका कारण निरन्तरता दिन सक्नुभएन । त्यसपछि सुरजले पछिल्लो पटक लेखराज गिरिको शब्द र सङ्गीतमा ‘खुसी हुनु सँधैसँधै’ बोलको गीत गाउनुभयो । मायाप्रेम मात्रै होइन, विकट वस्तीका अनूभूति समावेश गीत पनि उहाँको स्वरमा छ । कलाकार गिरि र सुरजको संयुक्त सङ्गीत अनि गिरिकै शब्दमा रेकर्ड भएको गीत यस्को उदाहरण हो । २०७१ देखि ३ वर्ष सडक डिभिजन काठमाडौँमा ज्यालादारीमा काम गर्नुभएका उहाँ ७५ सालमा वन रक्षकमा स्थायी जागिरमा नाम निकाल्नुभयो । यसलाई सुरज आफ्नो रुचीभन्दा पनि घरपरिवार र समाजको दवावको प्रतिफलको रुपमा लिनुहुन्छ । ६४ सालमा कणर्ाली प्राविधिक शिक्षालयमा अहेबमा नाम निस्क्यो तर ७ हजार रुपैयाँको अभावमा उहाँले पढ्न पाउनु भएन । आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभयो, जसले डेढ दर्जन गीत गाउन र भविष्यमा गाइरहन प्रेरणा मिलिरहेको छ ।

Episode details come from the podcast's RSS feed.

Embed this episode

Ready to play

गायक सुरज पण्डितको प्रेरणादायी सफलता

0:00 5:14

No transcript yet.

Requests help us decide what to transcribe next.

Frequently asked questions

How long is this episode of CIN NEWS?

This episode is 5 minutes long.

When was this CIN NEWS episode published?

This episode was published on January 10, 2021.

Can I download this CIN NEWS episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.