EPISODE · Jun 30, 2023 · 1H 4M
हरि शर्मा: समाजले राजनीति डोर्याउँछ कि राजनीतिले समाज?
from PODS by PEI · host Policy Entrepreneurs Inc.
नेपालमा बिगत दुई-तिन दशकमा ठुला राजनीतिक र सामाजिक परिवर्तनहरु भएI यस्तो आमुल परिवर्तन बाट गुज्रेको हाम्रो समाजको आज मूल चरित्र कस्तो छ? बर्तमान राजनीति कुन अवस्थामा छ? हाम्रो बदलिदो समाज र राजनीतिको अन्तर-सम्बन्ध के हो? यसका ओरिपरिका पात्रको भूमिका र ध्येय के रहेको छ? आजको भागमा पी. ई. आई.का अनुराग आचार्यले, विश्लेषक हरि शर्मा संग नेपाली समाज र राजनीति का यिनै पक्ष बारे संवाद गरेका छन् | आफ्नो प्रस्तुतिमा शर्माले बर्तमान समाज र राजनीतिको दशा र दिशा दुवै बारे तिखो टिप्पणी र गहन बिस्लेशण गर्नुभएको छ | युवावस्था देखि नै राजनीतिक चेत र चाख राख्ने विश्लेषक हरि शर्माले नेपालको अफ्ट्यारो राजनीतिक संक्रमणकालको बखत पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार रहेर अनि नेपालको संघिय गणतान्त्रिक संबिधान निर्माणको बखतमा पहिलो राष्ट्रपति रामबरण यादबको सल्लाहकारको रुपमा बिगत दुई दशक यताको राजनीतिक र सामाजिक परिवर्तन लाई नजिकैबाट नियाल्नु भएको छ | शर्माले त्रिभुवन बिश्वबिद्यालय र भारतको पन्जाब बिश्वबिद्यालय, अनि फुलब्राइट स्कलरको रुपमा अमेरिकाको प्रख्यात कोर्नेल बिश्वबिद्यालय बाट उच्च शिक्षा हासिल गर्नुभएको छ|
Embed this episode
NOW PLAYING
हरि शर्मा: समाजले राजनीति डोर्याउँछ कि राजनीतिले समाज?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.