जलवायु परिवर्तन र आप्रवासनको सम्बन्धबारे मिना पौडेलको विश्लेषण episode artwork

EPISODE · Aug 3, 2023 · 51 MIN

जलवायु परिवर्तन र आप्रवासनको सम्बन्धबारे मिना पौडेलको विश्लेषण

from PODS by PEI · host Policy Entrepreneurs Inc.

#Ep.057 आप्रवासनका कारकहरु सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय, आदि विभिन्न हुन सक्छन् | दशकौंदेखि आप्रवासनलाई केन्द्रमा राखेर नीतिगत तहमा गरिएका अनुसन्धान, बहस र पैरवीहरूले आर्थिक र राजनीतिक आयामलाई बढी ध्यान दिएका थिए भने, चार दशकयता मूल रूपमा समाजविज्ञानका अध्येताहरूले सामाजिक–सांस्कृतिक आयामलाई पनि आप्रवासन विधाको आफ्नो अनुसन्धानको दायरामा गहकिलो रूपमा ल्याएको पाइन्छ | सामाजिक–सांस्कृतिक आयामबाट पनि अघि बढेर आप्रवासनलाई जलवायु परिवर्तनसंग पनि जोडेर हेर्नुपर्छ भनेर सन् १९९० को दशकदेखि हुन थालेको देखिन्छ | जसको पुष्टि राष्ट्रसंघीय आप्रवासी संगठनद्वारा १९९२ मा आयोजित एउटा महत्त्वपूर्ण अध्ययनले गरेको पाइन्छ जसले प्रस्ट रूपमा भनेको छ— “पछिल्ला वर्षहरूमा वातावरणमा आएको ह्रासले गर्दा ठूलो संख्यामा मानिसहरू बसाइँ सरेका छन् र यो क्रम बढ्दो छ” । ३१ बर्ष पछि, सन् २०२३ मा आइपुग्दा जलवायु परिवर्तन सिर्जित आप्रवासनको आवस्था कस्तो रहेको छ त ? यसका मुख्य मुख्य चुनौतीहरु के के हुन्? अनि नेपाल जस्तो भुपरिवेस्थित र भौगोलिक र जैविक विविधता भएको देशमा, जहाँ आज पनि लगभग ६६ % जनसंख्या कृषिमा निर्भर छन् र त्यसको पनि दुई- तिहाई त निर्वाहमुखी कृषि गर्दछन, यहाँ जलवायु परिवर्तनको असर कस्तो रहेको छ र यसलाई आप्रवासनसंग कसरी जोड्न सकिन्छ ? जलवायु परिवर्तन बाट सिर्जित आप्रवासनका सन्दर्भमा, यो बाट उत्पन्न हुने समस्याको समाधानका निम्ति के के पहल हरु भएका छन् ? वातावरणीय आप्रवासनको समस्या र त्यस बाट सिर्जित चुनौती र समस्याहरु संग लड्न वा ति अनुकुल आफुलाई ढाल्न के के अल्पकालीन र दिर्घकालिन उपाय हुन सक्छन्? यिनै बिषयहरुलाई समेट्दै, आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, आप्रवासनबिद् र समाजशास्त्री मिना पौडेलसँग उहाँको गत असार ३ गते, कान्तिपुर दैनिकमा “आप्रवासन र जलवायु परिवर्तनको सम्बन्ध” नामक शिर्षकमा लेखिएको लेखको अन्तरङ्गमा रहेर संवादमा बस्दैछन् | पौडेलले जलवायु परिवर्तन र आप्रवासनको सम्बन्धलाई उजागर गर्दै, वतावरणीय आप्रवासनको समस्यालाई समाधान गर्न वा त्यस अनुकुल रहेर त्यसको प्रभावलाई न्यूनीकरण गर्न के के अल्पकालीन र दिर्घकालिन कदमहरु चाल्न सकिन्छ भनेर विश्लेषण गर्नुभएको छ | मीना पौडेल एक नेपाली समाजशास्त्री हुनुहुन्छ | उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको न्युकासल विश्वविद्यालयबाट बिद्यावारिधि गर्नुभएको छ | उहाँ सँग नेपालसंगै, दक्षिणपूर्व र मध्य एशिया, पश्चिमी यूरोप र उत्तर अफ्रिकाका अन्य देशहरूमा सामाजिक रूपमा बहिष्कृत र राजनीतिक रूपमा सीमान्तकृत समूहहरूको जीवनलाई असर गर्ने मुद्दाहरूमा विकास कार्य, अनुसन्धान र नारीवादी सक्रियताको लामो अनुभव छ। उहाँले Oxfam GB, USAID, UN प्रणाली र एकेडेमिया सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा संलग्न भएर काम गरिसक्नु भएको छ । विगत २० वर्षदेखि उहाँ दक्षिण एसिया (अफगानिस्तान, पाकिस्तान), मध्य एसिया (उज्बेकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान) र उत्तर अफ्रिका (लिबिया) मा आप्रवासनको जोखिममा परेका महिला, पुरुष र बालबालिकाको जीवनका विभिन्न पक्षहरू - जलवायु परिवर्तन सहितको, अनुसन्धानमा संलग्न हुनुहुन्छ। उहाँले यी विषयहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा व्यापक रूपमा अनुसन्धान र नीति पत्रहरू समेत लेख्नु भएको छ | Patreon मा हामीलाई समर्थन गर्न यहाँ क्लिक गर्नुहोस् !!

Episode metadata supplied by the publisher feed · Published Aug 3, 2023

Embed this episode

NOW PLAYING

जलवायु परिवर्तन र आप्रवासनको सम्बन्धबारे मिना पौडेलको विश्लेषण

0:00 51:28

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 51 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on August 3, 2023.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!