EPISODE · May 9, 2025 · 31 MIN
लाहुरे सपना असफल देखि विश्वकै ठूलो ट्रेल दौड च्याम्पियनशिपसम्म – थवाङका मनकुमार रोका मगरको संघर्षयात्रा
from MAGAR KHAAM · host Bishal Roka Magar
आजको विशेष पोडकास्टमा, हामीले आमन्त्रित गरेका छौं रोल्पा जिल्लाको थवाङ गाउँबाट आउनुभएका मनकुमार रोका मगरलाई। उनी हाल 'ट्रेल रनिङ' खेलमार्फत नेपालको प्रतिनिधित्व गर्दै युरोप, कोरिया, र हङकङसम्म पुगेका छन्।मनकुमार मगर, जो मगर खाम भाषामा (थवाङी र मिरुलेमा बोलिने छ) उनका बुबाआमा दशक लामो जनयुद्धको प्रत्यक्ष साक्षी र पीडित हुन्। युद्धपश्चातको कठिन बाल्यकाल, गाउँमा हुर्कंदा भोगेका अभाव र संघर्षका कथाहरू उनको जीवनको अभिन्न हिस्सा हुन्।उनी गोर्खा सेनामा भर्ती हुने ठूलो सपना बोकेका थिए। तर, उनी छनोट भएनन्। त्यसपछि, परिवारको आर्थिक अवस्था सुधार्न विदेश जाने योजना बनाए। युरोपको महँगो भिसा शुल्क तिर्न नसक्दा गल्फ देश जाने सोच बनाए, तर समयसँगै उनको जीवनले अर्कै मोड लियो।आज उनी नेपालका केही उत्कृष्ट ट्रेल धावकहरूमध्ये एक बन्न सफल भएका छन्। युरोप, कोरिया, र हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका मनकुमारले अब स्पेन २०२५ मा हुने विश्वकै सबैभन्दा ठूलो अल्ट्रा म्याराथन च्याम्पियनशिपका लागि आवश्यक अंक (points) प्राप्त गरिसकेका छन्।तर अहिलेको चुनौती भनेको – कोष संकलन (fundraising) हो। विश्व च्याम्पियनशिपमा सहभागी हुन उनलाई ठूलो आर्थिक सहयोग आवश्यक छ, जुन उनले सरकार, समुदाय र देशबासीबाट अपेक्षा राखेका छन्।यो पोडकास्टमा, हामीले मनकुमारको बाल्यकाल, जनयुद्धको प्रभाव, गोर्खा प्रयास, विदेश जान लागेको कथा, र अहिलेको प्रेरणादायी ट्रेल रनिङ यात्राबारे गहिरो कुराकानी गरेका छौं। साथै, उनी भविष्यमा आफ्नो समुदायबाट नयाँ खेलाडी उत्पादन गर्ने सपना पनि बाँड्छन्।सुन्न नबिर्सनुहोस् – एउटा असफलताबाट कसरी अर्कै सफलताको बाटो खुल्छ भन्ने जीवित उदाहरण हुन्, मनकुमार रोका मगर।
Embed this episode
NOW PLAYING
लाहुरे सपना असफल देखि विश्वकै ठूलो ट्रेल दौड च्याम्पियनशिपसम्म – थवाङका मनकुमार रोका मगरको संघर्षयात्रा
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.