EPISODE · Jul 25, 2026 · 15 MIN
‘Making sure that the loudest, angriest voice isn’t the only voice people hear is really important’: Tony Burke - ‘घरमा स्वागत छ’: चर्को स्वरमा बोल्नेहरूको मात्र आवाज सुनिनु हुँदैन भन्छन् सङ्घीय गृह मामिला मन्त्री टोनी बर्क
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Amid rising anti-immigrant sentiments in Australia and significant visa fee increases, some of which have doubled or even tripled since July 1, SBS Nepali sat down with Tony Burke, the Federal Minister for Home Affairs, Immigration and Citizenship, Cyber Security, and the Arts, to discuss the effects that are especially felt by the international student community, permanent residents renewing their Resident Return Visas (RRV), and citizens, including those from the Nepali community, who are facing varying barriers in their quest to bring parents to Australia either temporarily or permanently. - अस्ट्रेलियामा विगत केही समययता आप्रवासी समुदाय लक्षित चर्को आवाज उठिरहेको र गत जुलाई १ देखि विभिन्न भिसाहरूको शुल्क दोब्बर-तेब्बर बढाइएपछि गृह मामिला, आप्रवासन तथा नागरिकता, साइबर सुरक्षा र कला सम्बन्धि सङ्घीय मन्त्री टोनी बर्कसँग एसबीएस नेपालीले कुराकानी गरेको थियो। In the second part of our conversation, Minister Burke underscores the importance of permanent residents, including those from the Nepali community, making a lifelong commitment to Australia by taking up citizenship. He addresses the pressing concerns surrounding rising visa fees and the challenges of visa refusals that families say they are continually facing when trying to bring their parents to Australia. The Minister also shares his perspective on the current national dialogue regarding social cohesion, the various forms of exploitation international students face in the workplace, and the growing risks of cybercrime. Furthermore, Tony Burke has encouraged the Nepali-speaking community to think about how they can share their heritage with other communities who don’t know as much about it. Subscribe to the SBS Nepali podcast here. Disclaimer: The opinions expressed in this segment are those of the talent. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali) - कुराकानीका क्रममा मन्त्री बर्कले, पीआर भएका नेपाली लगायत विभिन्न समुदायका मानिसहरूले अस्ट्रेलियन नागरिकता लिएर यस देशप्रति स्थायी प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन्। बढ्दो भिसा शुल्क, आमाबाबुलाई अस्ट्रेलिया ल्याउन खोज्दा भोग्नु परिरहेको ‘भिसा रिजेक्सन’ लगायतका कठिनाइहरूबारे उठाइएका प्रश्नहरूलाई पनि उनले सम्बोधन गर्ने प्रयास गरेका छन्। हाल अस्ट्रेलियामा दिनहुँ जस्तो चर्चामा रहेको सामाजिक एकताबारे भइरहेका अनेकौँ खालका टिका-टिप्पणीहरू अनि कार्यस्थलमा अन्तर्राष्ट्रिय विद्यार्थी समुदायले सामना गर्नुपरिरहेको शोषण र हाल बढ्दै गइरहेको साइबर अपराधको जोखिमबारे पनि टोनी बर्कले आफ्ना धारणाहरू एसबीएस नेपाली","_id":"0000019f-97a8-d20a-a9df-ffecada10000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">एसबीएस नेपाली मार्फत सार्वजनिक गरेका छन्। यसका साथै उनले अस्ट्रेलियामा बस्दै आएका नेपालीभाषीहरूलाई आफ्नो संस्कृतिलाई अरू समुदाय समक्ष कसरी चिनाउने भन्नेबारे सोच्न र आफूहरूको पहिचान विस्तार गर्ने काममा लाग्न पनि आग्रह गरेका छन्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
‘Making sure that the loudest, angriest voice isn’t the only voice people hear is really important’: Tony Burke - ‘घरमा स्वागत छ’: चर्को स्वरमा बोल्नेहरूको मात्र आवाज सुनिनु हुँदैन भन्छन् सङ्घीय गृह मामिला मन्त्री टोनी बर्क
No transcript for this episode yet