EPISODE · Jun 15, 2009 · 1 MIN
मेरो राष्ट्रवाद (My nationalism)
from Hem Kafle's Podcasts · host Hem Raj Kafle
मेरो राष्ट्रवाद वादैवादहरूको बीचमा चेपिएर पटक पटक, फरक फरक रुपले परिभाषित् हुन्छ मेरो राष्ट्रवाद ठूल्ठुला भवन भित्रका भनाभनमा गहनतम गोष्ठिभित्रका गनथनमा रुमलिन्छ, त्यसै त्यसै द्वन्दमा फँसेका वादहरूलाई असफल समेट्न खोज्दै सिङ्गो अस्तित्व, सिङ्गो परिभाषा खोजिरहेछ दिन दिन मेरो राष्ट्रवाद देश छोड्नेहरूको सपनामा अल्मलिन्छ देश फर्कने हरूको आशामा सुस्ताउँछ देश छोड्दै नछोडेकाहरूको प्रेममा यता उता भौंतारिन्छ पटक पटक, फरक फरक रुपले नयाँ अर्थ खोज्दै जाग्छ मर्छ, जाग्छ मर्छ ।
Embed this episode
NOW PLAYING
मेरो राष्ट्रवाद (My nationalism)
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.