नेपालमा जेन जी आन्दोलनको एक वर्ष: के उद्देश्य अनुसार काम भइरहेको छ? episode artwork

EPISODE · Sep 9, 2026 · 11 MIN

नेपालमा जेन जी आन्दोलनको एक वर्ष: के उद्देश्य अनुसार काम भइरहेको छ?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

नेपालमा जेन जी आन्दोलन भएको एक वर्ष पूरा भएको छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।सुसासन अनि भ्रष्टाचार विरूद्ध आवाज उठाउने क्रममा गत वर्षको सेप्टेम्बर ८ मा नेपालको काठमान्डू लगायत विभिन्न स्थानहरूमा भएका प्रदर्शनहरूमा स्कूले विद्यार्थी सहित हजारौं नवयुवाहरूले भाग लिएका थिए। उक्त जेन जी प्रदर्शन माथि तत्कालिन सरकार एवं प्रशासनद्वारा बल प्रयोग भएपछि दर्जनौंको ज्यान गएको थियो भने त्सको भोलीपल्ट सिंहदरवार लगायत तत्कालिन संसद्भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सर्वोच्च अदालत लगायतका भौतिक पूर्वाधारहरूमा विरोध चर्किँदै जाँदा आगजनि तथा तोडफोड भएको थियो।८ सेप्टेम्बरलाई 'जेन जी' शहिद दिवसका रूपमा मनाउने नेपाल सरकारको निर्णयसँगै मङ्गलवार काठमाण्डूको नयाँ बानेश्वरस्थित उक्त पूरानो संसद्भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणमा एक स्मृति सभाको आयोजना गरिएको थियो। प्रदर्शनका क्रममा ज्यान गुमाउने तथा घाइतेहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उपस्थित जेन जी सहभागीहरूले आफूहरूको उद्देश्य अनुसार काम भए नभएको बारे प्रतिक्रिया दिएका छन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Sep 9, 2026

Embed this episode

Ready to play

नेपालमा जेन जी आन्दोलनको एक वर्ष: के उद्देश्य अनुसार काम भइरहेको छ?

0:00 11:26

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 11 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on September 9, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!