Skip to content
पर्वतको महाशिलामा व्यावसायिक चिया खेती  episode artwork

Aug 23, 2021 2 min

पर्वतको महाशिलामा व्यावसायिक चिया खेती

from CIN NEWS Hosted by CIN NEWS

महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो,’ चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो । १८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछन् । तर संरक्षण,प्रवद्र्धन, प्रसोधन तथा वितरणमा प्रदेश र सङ्घ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । ‘यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाइदा हुने रहेन्छ ।,’ कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भनिन्,‘ यसलाई प्रसोधन देखि बजारीकरण सम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ ।’ चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाउनुभयो । बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा लिएर चिया लगाउने कार्यक्रम तय गर्नुपर्ने सुझाव उहाँको छ । गाउँमा बसाईसराईका कारण जमिन बाँझिदै गएको छ । बाँदरले हैरान पारेर कतिपयले अन्नवाली लगाउनै छोडेका छन् ।

Episode details come from the podcast's RSS feed.

Embed this episode

Ready to play

पर्वतको महाशिलामा व्यावसायिक चिया खेती

0:00 2:21

No transcript yet.

Requests help us decide what to transcribe next.

Frequently asked questions

How long is this episode of CIN NEWS?

This episode is 2 minutes long.

When was this CIN NEWS episode published?

This episode was published on August 23, 2021.

Can I download this CIN NEWS episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.