रमेश कुमारको विश्लेषणमा “प्रकृति दोहनको धन्दा” episode artwork

EPISODE · Mar 30, 2023 · 45 MIN

रमेश कुमारको विश्लेषणमा “प्रकृति दोहनको धन्दा”

from PODS by PEI · host Policy Entrepreneurs Inc.

#Ep.035 नदी किनार खोतल्ने र ढुङ्गा, गिट्टी, बालुवा झिकेर बिक्री गर्ने कारोबार पछिल्ला दुई दशकमा देशैभरि उल्लेख्य बढेको छ। कारोबार, व्यापार भन्दा पनि प्राकृतिक श्रोतको दोहन भैरहेको र त्यसमा पनि यसबाट सिर्जित लाभ सिमित व्यक्ति/समूहहरुको पोल्टोमा मात्र जाने गरेको छ | २०७२ सालमा संबिधान निर्माण भइ संघिय गणतान्त्रिक लोकतन्त्रको नयाँ व्यवस्थामा देश गैसकेपछि, यो र अन्य धेरै अवस्थामा सुधार आउने आशा सम्पूर्ण जनताले गरेका थिए | देशको शासन प्रणालीको पुनर्संरचना भए संगै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनको ठेक्का लगाउने अधिकार स्थानीय तहलाई दियो, तर नदिजन्य पदार्थको दोहन अहिले पछिल्ला वर्षहरुमा झन् बढेको छ | नदिजन्य पदार्थ संगै अरु पनि कुन- कुन प्राकृतिक श्रोतको दोहन भैरहेको छ, किन भैरहेको छ र यसबाट क-कसले लाभ लिईरहेका छन् र क-कसलाई, कस्तो हानी भैरहेको छ त? यिनै बिषयहरुलाई समेट्दै, आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, पत्रकार रमेश कुमार न्यौपानेसँग उनको गत भदौ १ गते, हिमाल खबर पत्रिकामा प्रकाशित खोजमुलक लेख “प्रकृति दोहनको धन्दा” को अन्तरङ्गमा रहेर संवादमा बस्दैछन् | न्यौपानेले प्राकृतिक श्रोतको अप्राकृतिक दोहन भैरहेको कुरालाई उठान गर्दै, यसको पछाडी राजनैतिक र ब्यवसाहिक समुहहरुको गठजोड रहेको कुरालाई २०७४ र २०७९को स्थानीय चुनाबमा निर्वाचित जनप्रतिनिधिमा क्रसर उद्योग ब्यवसाहीहरुको बढ्दो संख्यासंगै जोडेर बिस्लेशन गर्नुभएको छ | रमेश कुमार, पेशाले एउटा पत्रकार हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार र चीनको शाङहाईस्थित थोङ्ची विश्वविद्यालयबाट दिगो विकास विषयमा स्नातकोत्तर गर्नुभएको छ| पत्रकारिता पेशामा उहाँ पछिल्लो १४ वर्षदेखि संलग्न हुनुहुन्छ र उहाँ अहिले हिमाल खबर पत्रिकासँग आवद्ध हुनुहुन्छ। यो बीचमा उहाँले दैनिक पत्रिका, साप्ताहिक पत्रिका, म्यागेजिन र अनलाइनमा पनि काम गरिसक्नु भएको छ। उहाँले खासगरी, अर्थ–राजनीति, विकास र वातावरणका विषयमा लेख्ने गर्नुभएको छ। प्राकृतिक स्रोतको दोहन, वित्तीय कर्जामा विद्यमान अपचलन, सरकारी अनुदानको दुरुपयोग, जमीनको अर्थराजनीति, धितोपत्र बजारमा सुशासनको अभाव, सार्वजनिक स्रोतको अनियमितता लगायतका विषयमा उहाँले लेख्दै आउनुभएको छ। उहाँको खास रुचि गहन र अनुसन्धानात्मक रिर्पोटिङमा रहेको छ र उहाँका केहि रिर्पोटिङले पत्रकारिता क्षेत्रका राष्ट्रिय अवार्ड समेत जितेका छन् । पी. ई. आई ले प्रकृति दोहन बारे नै, सन् २०१९ मा महाकाली र टिस्टा नदीहरुको उदाहरण सहित दक्षिण एसियामा बालुवा उत्खननको अभ्यासबारे एउटा रिपोर्ट तयार गरेको थियो, त्यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस् | Patreon मा हामीलाई समर्थन गर्न यहाँ क्लिक गर्नुहोस् !!

Episode metadata supplied by the publisher feed · Published Mar 30, 2023

Embed this episode

NOW PLAYING

रमेश कुमारको विश्लेषणमा “प्रकृति दोहनको धन्दा”

0:00 45:40

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 45 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on March 30, 2023.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!