Skip to content
उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ?  episode artwork

Jan 25, 2022 3 min

उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ?

from CIN NEWS Hosted by CIN NEWS

महोत्तरी गौशालाका तनुक लाल महतोको पुख्र्यौली पेशा उखु खेती हो । तर, अब विस्तारै उहाँ उखु खेतीको विकल्प खोज्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष ५० प्रतिशतले उखु उत्पादन घटेको छ । पहिला पहिला १० विगहा जतिमा खेती गर्थे । तर, समयमै पैसा नपाएपछि उखु खेती गर्ने क्षेत्रफल घटाउन थालेको हुँ । त्यसमाथि लगाएको उखुमा यो वर्ष असार/साउनताका नै किरा लाग्यो । झन् उत्पादन घटेर गएको छ ।’ हरेक वर्ष ३ देखि ४ विगाह क्षेत्रफलमा उखु खेती गर्दै आउनुभएका नवलपरासीका गोपाल यादवले पनि यस वर्ष कम मात्रै क्षेत्रफलमा उखु खेती गर्नुभयो । उखु पनि कम उत्पादन भएको छ । ७/८ विगहा क्षेत्रफलमा उखु खेर्ती गर्दै आउनुभएका यादवले यो वर्ष ३ विगहा क्षेत्रफलमा मात्रै उखु खेती गर्नुभएको छ । सरकारले उखु किसानको समस्या सम्बोधन गर्न नसक्ने, लागत अनुसारको समर्थन मूल्य नतोक्ने अनि चीनि मिलले पनि समयमै भुक्तानि नगरिदिँदा उखु खेती गर्न कम गरेको उहाँको भनाइ छ । यादव भन्नुहुन्छ, ‘उखु खेती गर्ने किसानको पीडा बुझेर सरकारले मूल्य तोक्दैन । जसका कारण समस्या छ भने नगदेबाली भनिएको उखु सँधै ऋणमै जाने गरेको छ । त्यसकारण अब उखु खेतीको विकल्प सोच्दैछु । उखुको सट्टा मकै खेती वा केरा खेती गर्नुपर्छ भनेर ।’ उखुको समर्थन मूल्य तोक्न सँधै समस्या, तोकिए अनुसारको रकम पाउनै सास्ती लगायत समस्याले उखु खेती गर्नेहरू घट्न थालेका छन् । ५ वर्ष अघिसम्म नेपालमा उखु खेती गर्ने किसानको सङ्ख्या १ लाखभन्दा बढी थियो । नेपाल उखु उत्पादक सङ्घका अनुसार यो सङ्ख्या अहिले घटेर ५० हजार भन्दा कम भएको छ । गत आर्थिक वर्षमा देशभर लगभग साढे ३ लाख मेट्रिकटन मात्रै उखु उत्पादन भयो, जबकी यो सङ्ख्या ५ वर्ष अघि ३८ लाख मेट्रिकटन थियो ।

Episode details come from the podcast's RSS feed.

Embed this episode

Ready to play

उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ?

0:00 3:19

No transcript yet.

Requests help us decide what to transcribe next.

Frequently asked questions

How long is this episode of CIN NEWS?

This episode is 3 minutes long.

When was this CIN NEWS episode published?

This episode was published on January 25, 2022.

Can I download this CIN NEWS episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.