EPISODE · Jan 26, 2023 · 31 MIN
विद्यानाथ कोइरालाको विश्लेषणमा राजनीतिक दलहरूले सिर्जेको दलदल
from PODS by PEI · host Policy Entrepreneurs Inc.
२०७२ सालमा संविधान निर्माण भए पश्चात, संघीय लोकत्रान्तिक गणतन्त्र नेपालको सरकारले आफ्नो पहिलो ५ वर्षको कार्यकाल समापन गरि, हालै सम्पन्न तिनै तहको निर्वाचन पछाडि, दोस्रो सरकार गठन र सञ्चालनको प्रक्रिया अगाडि बढेको स्थिति छ | यसै परिप्रेक्षमा, आज हामी देशमा भैरहेको राजनीतिक खिचातानी र हारजितको अन्तरङ्गमा रहेर, आजका हाम्रा अतिथि प्रा. डा. विद्यानाथ कोइरालाको कान्तिपुर दैनिकमा गत पुष ७ गते प्रकाशित लेख “राजनीतिक दलहरूले सिर्जेको दलदल” को सेरोफेरोमा संवाद गर्ने छौं | आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, डा. विद्यानाथ कोइराला सँग संवादमा बस्दैछन्, जहाँ उनी डा. कोइरालाको लेख र उहाँले एउटा शिक्षाविद्को हैसियतमा लामो समय देखि गर्दै आउनुभएको शिक्षाका काम, कुरा र अनुभवका बारेमा कुराकानी गर्नेछन्! आजको भागमा डा. कोइरालाले नेपालमा रहेका राजनैतिक दल, तिनका नेता र तिनले आफ्ना अनुयायीहरूलाई कस्तो शिक्षा प्रदान गरिराखेका छन् भनेर अहिलेको हाम्रो राजनीतिक पृष्ठभूमिसँग जोडेर हेर्न खोज्नु भएको छ | डा. कोइराला त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक हुनुहुन्छ। उहाँ सँग राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र एसिया फाउन्डेसन नेपाल, एसियाली विकास बैंक, जाइका, युनेस्को, युरोपेली शिक्षा आयोग जस्ता अन्तर्राष्ट्रिय महत्वका संस्थाहरूका लागि रणनीतिक योजना र कार्यक्रममा काम गरेको लामो र उदाहरणीय अनुभव छ। यसमा उहाँको भूमिका पाठ्यक्रम विकास गर्ने र शिक्षाको विकेन्द्रीकरण, अनौपचारिक शिक्षा, शिक्षामा लैङ्गिक, जातीय, र अपाङ्गताका समस्याहरूलाई सम्बोधन गर्ने रहेको छ।
Embed this episode
NOW PLAYING
विद्यानाथ कोइरालाको विश्लेषणमा राजनीतिक दलहरूले सिर्जेको दलदल
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.