EPISODE · Jun 30, 2026 · 4 MIN
विश्वकप राउन्ड अफ ३२: अस्ट्रेलियाका दोस्रो पुस्ताका नेपाली फुटबलरको ‘स्कोर’ अनुमान
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
फिफा विश्वकप २०२६ मा समूह चरणका खेलहरू सम्पन्न भई राउन्ड अफ ३२ ले रोमाञ्चक सुरुवात लिएको छ। मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा प्रतियोगितामा पोर्चुगल, फ्रान्स, अर्जेन्टिना, काबो भर्डे लगायतका प्रदर्शनी र आउँदा खेलमा कति गोलले हारजित होला भन्ने विषयमा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रिदम रिजाल, पास्को भेल फुटबल क्लबकी रिया रिजाल र मिल पार्कबाट भिक्टोरियाको स्टेट थ्रीमा खेल्दै गरेकी रेन श्रेष्ठसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
विश्वकप राउन्ड अफ ३२: अस्ट्रेलियाका दोस्रो पुस्ताका नेपाली फुटबलरको ‘स्कोर’ अनुमान
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.