वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल” episode artwork

EPISODE · Apr 27, 2023 · 55 MIN

वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

from PODS by PEI · host Policy Entrepreneurs Inc.

Ep#040 नागरिकता विधेयक (पहिलो संशोधन) २०७२ ले वैवाहिक अंगिकृत महिला र जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान पारित गरेको छ । तर एकसमुहमा रहेका कतिपय राजनीतिक दलहरुले नेपालमा वैवाहिक अंगिकृत महिलालाई सात वर्ष पछि नागरिकता दिनुपर्ने र यसअघि वितरण भएको जन्मसिद्ध नागरिकता छानबिन नभएसम्म उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिन नहुने तर्क गर्छन। त्यस्तै दोस्रो समुहमा रहेका राजनीतिक दल, आफ्नै नागरिकलाई अनागरिक बनाउने र लैङ्गिक असमानता प्रवर्धन गर्ने व्यवस्था हटाउन यो विधेयक सहायक रहेको तर्क गर्छन । नेपालको संसदमा केही वर्षदेखि नागरिकता विधेयकमाथि छलफल भइरहेको भए पनि हाल पारित भएका प्रावधानहरु सिफारिसमा नभएकोले राजनीतिक दलहरु ध्रुवीकृत हुदै आएका छन् । नेपालमा सांसद र आमजनताबीच यो बहसको विषय बन्दै आएको छ । पोड्स बाई पि.ई.आई.को आजको भागमा पी. ई. आई.का अविनाश कर्ण तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालसंग गत चैत्र २० गते कान्तिपुर दैनिकमा प्रकाशित उहाँको लेख “नागरिकता विधेयकमा अनुचित अलमल” को सेरोफेरोमा रहेर संवाद गर्नेछन्  ! यस लेखमा अध्यक्ष लालले संविधानका शर्त पूरा गरी पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई कानुन बनिसकेको घोषणा गर्नुपर्ने र लोकतन्त्रवादी भनाउने राजनीतिक दलहरू, र समुहहरुले वर्षौंदेखि नागरिकतालाई राजनीतिक मुद्दाका रूपमा प्रयोग गर्दै सत्ता समीकरण बनाउने र नेतृत्वमा बसिरहन बिनाआधारको सिटबन्धन मात्र तिनका निमित्त पहिलो चासोको विषय रहेको भन्ने विचार र नागरिकता संग सम्बन्धित अन्तरवस्तुमा रहेर कुराकानी गर्नेछौ  । नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर्नु भएका बृषेशचन्द्र लाल बिक्रम सम्बत् २०२९ सालमा ने.वि.संघ, धनुषा जिल्ला अध्यक्ष हुदै लोकतान्त्रिक आन्दोलनको क्रममा अग्रणी भूमिका निर्वाह गर्दा पटक-पटकको गिरफदारिमा ८ वर्ष जति कारावास जीवन विताउनु भएको छ ! बि.पि. कोइराला संग नजिक भएर काम गरेका उनी २०४४ सालमा नेपाली कांग्रेस समर्थित उम्मेदवारको रुपमा स्थानीय निर्वाचनबाट उप-प्रधानपंचमा निर्वाचित भएर पछि ने.का.को रणनीति अनुसार सार्वजनिक रुपमा पंचायती व्यवस्थाको बिरोध गर्दा खारेजीमा परेका लाल पुनः २०४८ सालमा जनकपुरधाम नगरपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो ! लोकतान्त्रिक आन्दोलन, मधेश आन्दोलन संगै विभिन्न अधिकारमुखी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका लाल २०६३ सालमा स्थापित तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य हुनुहुन्छ ! राष्ट्रिय सभाका पुर्व सदस्य र विधायण समितिका पुर्व सदस्य समेत रहनु भएका उहाँ त्रि.वि.वि.बाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुका साथसाथै इजरायलबाट विकास, सहकारी र श्रम विषयमा डिप्लोमा गर्नु भएको छ ! कानूनको अध्ययनमा रुची राख्ने लाल समसामयिक विषयमा पनि कलम चलाउने लालका विभिन्न लिखतहरु पनि प्रकाशित छन् ! हाल उहाँ पुनर्स्थापित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय अध्यक्ष हुनुहुन्छ ! Patreon मा हामीलाई समर्थन गर्न यहाँ क्लिक (https://patreon.com/podsbypei) गर्नुहोस् !!

Episode metadata supplied by the publisher feed · Published Apr 27, 2023

Embed this episode

NOW PLAYING

वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

0:00 55:17

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 55 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on April 27, 2023.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!