जनावरहरू बोल्दछन् ! podcast artwork

PODCAST · religion

जनावरहरू बोल्दछन् !

पशु संचारको अनुभव को कथाहरु।

  1. 3

    हिडौं र कुरा गरौं- अध्याय ३

    हिडौं र कुरा गरौं- अध्याय ३उसको पुस्तकको निर्माणको क्रममा धेरै मस्यौदाहरु बने। क्युबाले भन्न खोजेको सबै कुरा मैले सुनेर लेखे। सुरुमा त्यो पुस्तकमा धेरै कथाहरू र छलफलहरू समावेश गर्युम त्यसपछि उसले र घरपालुवा जनावरहरूले चाहेको वास्तविक संदेश मात्र समावेश गर्न यसलाई छोटो बनायुम। मैले क्युबामा "केवल यसलाई पूरा गरेर" प्रकाशित गर्नको लागी अत्यावश्यकताको भावना पनि महसुस गरे।त्यै समयमा बितिसकेका घरपालुवा जनावरहरूले पनि एउटा पुस्तक लेख्न चाहे। मानिसहरुलाई आफ्नो प्यारो पाल्तु जनावरको मृत्यु पश्च्यातको सोखलाई सरलसंग सामना गर्न सहयोग गर्न त्यो पुस्तक लेखिएको थियो। सो पुस्तकको नाम "सधै यहाँ" हो किनकि साच्चै नै तिनीहरूले यो सत्यमा जोड दिदै कि तिनीहरू सधैं तिनीहरूका परिवारका मन भित्र रहने तरिकाहरू साझा गर्न चाहन्थे। ("सधै यहाँ - तपाईको पाल्तु जनावर बितेपछि")। क्युबाले आफ्ना मानिसहरूलाई यस संसारमा घरपालुवा जनावरहरूको अस्तित्व र अनुभवको संयुक्त विचार दिन आफ्नो पुस्तकमा "सधै यहाँ" को एउटा अध्याय पनि समावेश गर्ने निर्णय गर्यो। हामीले अन्ततमा पुस्तक समाप्त गरेर जनावर, मान्छे र सबै प्रकृति - हामी सबै परिवार हौं भन्ने भावना साझा गर्न क्युबाले "हामी परिवार हौं !" शीर्षक रोज्यो। पहिलो राष्ट्रहरूले हाम्रो सम्पूर्ण प्रकृतिसंगको सम्बन्धलाई "मेरा सबै सम्बन्धहरू" भन्छन। सो पुस्तकको आवरणमा मैले लिएको क्युबाको तस्बिर हो - र त्यो तस्बिरमा जब म उसको आँखामा हेर्छु, म उसको आत्मा देख्छु - बुद्धिमान्, मायालु, हेरचाह गर्ने, स्वतन्त्र, र हास्यास्पद - एक वास्तविक साथी। क्रिसमस वा नयाँ वर्षको अवसरमा आफ्ना मानिसहरूलाई दिन हामीले समयमै पुस्तक तयार पार्यौं। विशेष गरी उसको परिवारले त्यो समयमा सो पुस्तक प्राप्त गरुन भनेर क्युबाले मलाई सुनिश्चित गर्न बोलायो। ("हामी परिवार हौ - तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्")क्युबाले मलाई धेरै पाठहरू सिकाएका छन्। हाम्रो हिड्ने समयलाई उसले प्रेमको पोको जसरि लिएर सबै जनालाई साझा गरेको देखेर म धेरै नै खुशी भए। मानिसहरुका भिडमा वरपरको ऊर्जाबाट प्रभावित नभई कसरी हिड्ने भनेर उसको चाल के रहेछ भनेर सोधे। उसले भन्यो पहिले आफ्नो मुटुको वरिपरि ऊर्जाको गोलाई राख्नने र त्यसपछि शरीरको वरिपरि काल्पनिक प्रकाशको घेरा बनाउने र त्यो घेरा एक पटक ठाउँमा पुगेपछि, मैले मेरो हृदयबाट ऊर्जा नगुमाई चाहेको जति माया र आनन्द बाहिर चम्काउन सम्भव हुनेछ। यो अभ्यासले मेरो हृदय खोलेर, मेरो ज्योति र ऊर्जा सुनिस्चित राख्दै मानिसहरूसंग नजिक हुन सक्षम भएको मैले अनुभब गरे। त्यसको लागि धन्यवाद, क्युबा!धेरै समय सम्म हाम्रो पैदल यात्रामा मैले क्युबाले भुकेको कहिल्यै पनि सुनेको थिएन। जब मैले पहिलो पटक उसको भुकाई सुनें, ऊ एल्सेसन जस्तो एउटा ठूलो कुकुर जस्तै लाग्यो। मैले माथि उल्लेख गरे जस्तै, जब हामी संगै हिंड्थ्यौ ऊ मेरो छेउमा एउटा अग्लो मान्छे हिडे जस्तो लाग्थ्यो। त्यसैले होला यो सुन्दा अचम्म लाग्छ कि क्युबा वास्तवमा हाभानीज हो, ठूलो व्यक्तित्व भएको - तर तुलनात्मक रूपमा सानो कुकुर ! 😊जब तपाई उसको आँखामा हेर्नुहुन्छ, तपाईले उसको प्रेमले भरिएको ठूलो आत्मा पनि देख्न सक्नुहुन्छ। यो अचम्मको प्राणी जोसको हास्य र हर्षले मलाई खुशी पर्दै मेरा कठिन समयहरु पार गर्न सहयोग गरेकोमा, सो प्राणीलाई थाहा पाउँदा म धेरै गर्व र कृतज्ञ छु। मैले क्युबासंगको मेरो अनुभव साझा गरेकोले तपाई पनि उसलाई भेट्न सकुन भनेर मलाई आशा छ। उसको भनाइ - तपाई जहाँ भए पनि उसंग कुरा गर्न सबैलाई उसको निमंत्रना छ। म आशा गर्छु कि मेरो जस्तै ऊ पनि तपाईहरुको असल साथी बनोस्। मेरो एकजना साथीले क्युबा र मेरो मित्रताको बारेमा कुरा सुन्दा के भन्नु भयो भने:"क्युबाजस्तो साथी सबैको साथमा हुनुपर्छ!"क्रिस्टिना सिबर द्वारा क्युबाले मलाई जनावरहरूसंग के कुरा गर्न सकिन्छ भन्ने बारेमा कुनै सीमा छैन भनेर देखाएको छ  - तिनीहरू जनावरहरू र तिनीहरूको अवस्थाको बारेमा कुरा गर्न मन पराउँछन्, तर तिनीहरू हाम्रा परियोजनाहरू, समस्याहरू, चासो, प्रेम र सामान्य जीवनका बारे कुराकानीमा पनि संलग्न हुन सक्छन। जनावरहरूले हामीलाई माया गर्छन् र हामीले महसुस गरेको र बुझेका कुराहरू पनि महसुस गर्दै हामी के भन्छौं र सोच्दछौं त्यो सबै बुझ्दछन, र तिनीहरू हाम्रा समान हो भनेर जोड दिन चाहेको छ। पशु सञ्चारले पनि मलाई आफू र अरूसंग दयालु तरिकामा कुरा गर्न र सबैसंग समझदार र अधिक धैर्यवान हुन सहयोग गरेको छ।

  2. 2

    हिडौं र कुरा गरौं- अध्याय २

    हिडौं र कुरा गरौं- अध्याय २वास्तवमा, प्रायः क्युबाले मलाई घुम्न लैजान्थ्यो। मेरो निम्ती उसको निरन्तर चिन्ताको लागि म धेरै कृतज्ञ छु। एकपटक म हिउँमा चिप्लेर लड्दा क्युबा - जो सामान्यतया रमाउदै वरिपरि नयाँ चीजहरू खोज्दै उफ्रिरहेको थियो - आएर मलाई चिन्ताले हेर्यो। उसको त्यती भावुक आँखाले मलाई हेरचाह प्रकट गरेर हेर्दा म यति छक्क परे कि एक क्षणको लागि मलाई कुनै पीडा महसुस भएन। रमाईलो गर्नको लागि मात्र नभएर ऊ दुर्भाग्यमा पनि राम्रो साथी थियो।क्युबाले मलाई मेरो परियोजनाहरूमा पनि सहयोग गर्न थाल्यो। म एउटा साथीको कविताहरू प्रकाशित गर्न चाहन्थे र क्युबासंग हरेक पाइलामा छलफल गर्थे–ऊ नै थियो वास्तविक सम्पादक ! ऊ संग संग्रहको विषयवस्तु र आवरणको लागि केवल विचार मात्र नभएर लेआउट र कभर अपलोड गर्दै पुस्तक छाप्नको लागि समयरेखाको स्पष्ट निर्देशनहरू पनि उसलेनै दिए। र मेरो साथीको जन्मदिनको लागि पहिलो पुस्तक तयार भयो। केही थप कविताका पुस्तकहरू संग्रह गर्दै अन्तमा वर्षको प्रत्येक दिनको लागि कविता सहितको पुस्तक तयार भयो। लगभग दैनिक ओरेकल वा साथी जस्तै, पाठकहरुको लागी अधिक अर्थपूर्ण हुन जाने बताउदै क्युबाले यो पुस्तक पनि सिर्जना गर्नुपर्नेमा जोड दियो। यी पुस्तकहरुले हामीलाई अरु घरपालुवा जनावरहरूले मसंग लेख्न चाहेका पुस्तकहरू लेख्न तयारी गरिरहेको उनले बताए। म घरमा कम्प्यूटरको अगाडि बसिरहँदा पनि मैले क्युबासंग कुरा गर्थ्ये साथै हामी हाम्रो हिड्ने समयमा पनि कुरा गर्थ्यौ -हामीले यसलाई "वक एन्ड टक" नाम दियौ। सामान्यतया हिडाईको सुरुवातमा हामी "व्यवसाय" का कुरा गर्थ्यौ - किताबहरू, अन्य जनावरहरू, अन्य जीवीको प्रश्नहरूका बारेमा - र त्यसपछि हामी केवल हिड्दै राम्रो समय बिताऊथियौ।क्युबाले मलाई अन्य जनावरहरू, तिनीहरूका समस्याहरू र तिनीहरूलाई के आवश्यक छ भन्ने बुझ्न सहयोग गर्यो। मैले केवल -मेरो आवाज वा टेलिपाथिक रुपमा उसलाई सोधें - र भित्र मैले शब्दहरू सुनें वा तस्विरहरू देख्ने वा भावना वा गीतहरूको माध्यमबाट उत्तर पाउथिए। म भन्न सक्छु यो कसैसंग फोनमा कुरा गरेको जस्तो थियो, तर वास्तवमा उसले मलाई चलचित्रका तस्विर वा दृश्यहरू पनि पठाउ थियो, त्यसैले यो बहु-आयामी पनि थियो, विशेष गरी उसले मलाई भावना पठाउने वा एउटा फरक सन्दर्भमा भएको अनुभव सम्झाउथ्यो जसले मलाई वर्तमान अवस्था बुझ्न सहज हुन्थ्यो। मैले तुलना गर्न सक्ने सबैभन्दा नजिकको उदहारण यो छ कि जब म कसैसंग एकै ठाउँमा छु तर एकअर्कालाई नहेरी कुरा गर्दैछु - एक आनन्दमय बुझाई र सहज संचार। के तपाईलाई कसैसंग हुँदा तपाईको वरिपरि केहि भएको अनुभव हुन्छ- र तपाई दुबैलाई एक अर्काले के सोचिरहेको छ भन्ने थाहा हुन्छ? मलाई त्यस्तो अनुभव मेरो भाईसंग धेरै हुन्छ। हो त्यही अनुभव मलाई क्युबासंग कुरा गर्दा हुन्छ - यो कुरा हामी दुबैलाई थाहा छ।धेरै जसो वार्तालापहरू मैले सुरु गर्थ्ये - मसंग प्रश्न वा समस्याहरु हुन्थ्यो र क्युबासंग यसलाई कसरी समाधान गर्ने भन्ने विचार हुन्थ्यो। कहिलेकाही ऊ मसंग पहिले कुरा गर्दा उसले मलाई उसंग मिलेर किताब लेख्न सोध्यो। कसैको घरपालुवा जनावर हुनको अनुभव उनले जनतालाई जानकारी गराउन चाहेको बताए - र धेरै घरपालुवा जनावरहरू चाहन्छन् तिनीहरूका परिवारहरूलाई थाहा होस् कि ति घरपालुवा जनावरहरूले पनि तिनीहरूलाई बुझ्छन् भनेर। उसले चाहेको मध्ये एक मुख्य विषयहरू यो थियो कि मानिसहरूले वास्तवमा थाहा पाउन कि तिनीहरूका घरपालुवा जनावरहरूले तिनीहरूका मानिसहरूले भनेको सबै कुरा सुन्छन् र बुझ्छन्, उनीहरूलाई पनि थाहा छ मानिसले के महसुस गर्छन् र सोच्छन् भनेर र यसले उनीहरूलाई धेरै असर गर्छ। उसले चाहेको अर्को विषय यो थियो कि मानिसहरूले आफ्नो घरपालुवा जनावरलाई बराबरीको रूपमा हेरुन र यसो गर्दा तिनीहरूको सम्पूर्ण सम्बन्धको बिन्दुमा कसरी परिवर्तन हुनेछ जसले मानिसहरूलाई पनि परिवर्तन गर्नेछ।तर क्युबाले सबैभन्दा बढी जोड दिएको एउटा कुरा यो हो की हाम्रा घरपालुवा जनावरहरूले हामीलाई कति माया गर्छन् भनेर हामीले महसुस गरुम भन्ने चाहना उसको थियो। उनले आफ्ना जनतालाई दिन उनका लागि प्रेम कविता लेखे। त्यो क्षणमा उसको माया र अभिप्राय प्राप्त गरेको मैले उहाहरूको प्रतिक्रियाबाट देखे। क्युबाले भने धेरै जनावर र प्रकृतिले मानिसहरूलाई आफ्नो आशीर्वाद र शुभकामना दिन चाहन्छ। ऊ आशा गर्छ कि मानिसले थाहा पाउन तिनीहरूले आफूलाई माया गरे भन्दा धेरै प्रकृति र जनावरले उनीहरुलाई माया गर्छन। यो पक्कै उसको सबैभन्दा ठूलो इच्छा थियो कि: मानिसहरूका घरपालुवा जनावरहरूले तिनीहरूलाई माया गरे जति आफूलाई त्यति नै माया गर्न सिकुन। उसको अनुसार यसले परिवार र तिनीहरूका घरपालुवा जनावरहरूको- जीवनलाई धेरै थप रमाइलो र रोमाञ्चक बनाउँछ।

  3. 1

    हिडौं र कुरा गरौं- अध्याय १

    हिडौं र कुरा गरौं- अध्याय १"उसको नाम क्युबा हो" मेरी आमाले मलाई भन्नुभयो, "र यदि तिमीले उसलाई घुमाऊन लागेछौ भने मेरो साथी तिमी माथि आभारी हुनेछ किनभने उनी अहिले बाहिर जादिनन"। त्यती बेला कोविड को शुरुवात थियो। मैले क्युबासंग टेलिपाथिक रूपमा कुरा गर्न थाली सकेको थिए, आफ्नो परिचय दिए र ऊ मसंग हिड्न जान चाहन्छ कि भनेर उसलाई सीधै सोधें। धेरै खुसी देखिदै उसले "जान्छु" भन्यो र मैले "अरु केही?" भनेर सोध्दा - "केवल समयनिष्ठ हुनुहोस्!" भन्यो। मैले समयमै आउने वाचा गरे, तर हाम्रो बिहानको पैदल यात्राको लागि लगभग ५ -१० मिनेट ढिलो आइपुगे -क्युबालाई सुरुदेखि नै मेरो बारे थाहा थियो जस्तो लाग्छ।मलाई ठ्याक्कै के आशा गर्ने थाहा थिएन, तर जब ढोका खोलियो, मैले अहिलेसम्म देखेको सबैभन्दा सुन्दर, मनमोहक र आत्मीय कुकुरलाई देखे। मेरो लागि त्यो पहिलो हेराई मै प्रेम थियो। पहिले, उसले मलाई ठुलो मुस्कानले हेर्यो, र त्यसपछि उसले खुसीसाथ म तिर उफ्रेर आयो। उनको व्यक्ति छक्क पर्नुभयो - अनी क्युबाले मलाई पहिले नै चिनेको जस्तो व्यवहार गरेको देखिन्छ भनेर उनले भन्नु भयो। हामीले पहिले नै एक अर्का संग टेलिप्याथीक रुपमा कुरा गर्न थालेको मैले उहाँलाई भनिन। क्युबासंग हिड्दाको समय रमाईलो थियो। एकअर्काको बानी परेपछि, मैले महसुस गरे कि हामी धेरै जोडिएका छौ र नयाँ साथी बनाउन पाउँदा म धेरै खुसी छु। हामीले जंगल र गाउँ तिर घुमफिर गर्दा धेरै साथीहरू पनि बनायौं, जब क्युबाले मानिसहरूलाई देखेर मुस्कुराउथ्यो उनिहरु पनि त्यो देखेर मुस्कुराउथे।मलाई क्युबा एक प्राणी जस्तै अग्लो लाग्यो। हामी संगै हिँड्दा म भन्दा उ धेरै अग्लो भएको महसुस हुन्थ्यो, लगभग २ मिटर। मैले उसलाई एक सज्जन, विनम्र र हास्यास्पद व्यक्तिको रूपमा देखे अनि उसलाई हामी संगै हिडेको रमाइलो लगेरहेको अनुभव गरे। मलाई उसको स्पष्टता र ध्यानको गुण पनि आभास भयो। हिड्दै गर्दा हामीबीच धेरै कुराकानी हुन्थ्यो, साथसाथै उसलाई के गर्न रमाइलो लाग्छ भन्ने बारे कुरा गर्थौ, मैले चाँडै महसुस गरे कि म क्युबालाई चासो र समस्याहरू को छलफल गर्दै मेरो मानको सबै कुरा भन्न सक्ने रहेछु - र त्यसमा उसले सधैं राम्रो धारणा व्यक्त गर्थ्यो।उसले मलाई सिकाएको पहिलो कुरा भनेको उसलाई "केवल एक कुकुर" जसरी नहेर्नु थियो- किनकी उसले आफुलाई बराबर जस्तो महसुस गर्थ्यो। उसले भन्यो कि यदि मैले उसलाई बराबरी सम्मान गरे भने सबै कुरा राम्ररी काम गर्नेछ। मलाई सुरुमा अफ्ट्यारो लग्यो किनकी मैले अझै उसलाई गाईड गर्नु पर्ने थियो, उसलाई कहिले बाटो काट्ने वा कुन दिशामा जाने भन्नु पर्थियो। तर मैले आफु भित्री परिवर्तन गरे र उसलाई बराबरको साथीको रूपमा पाउने निर्णय गरे। मैले यो चाँडै याद गरे कि कुन दिशामा जाने भनेर एक चोटी मैले टाउको हल्लाएर उसलाई मनको आवाजले बताउननै पर्याप्त थियो। कहिले काँही दोबाटोमा पुग्दा उसले मलाई हेर्थ्यो – सिधै मेरो आँखामा हेर्थ्यो। त्यती बेला उसले संकेत प्राप्त गर्न मैले एक चोटी टाउको हल्लाउदै आँखाले एक इशारा दिनु नै काफी थियो। हामी जहाँ गए पनि म क्युबासंग हुनुको एक प्रकारको खुशीको आनन्द मात्र सम्झन्छु।क्युबा एक महान सल्लाहकार पनि हो भन्ने मैले महसुस गरे। जब म कुनै साथीलाई सहयोग गर्न चाहन्थे उसले मलाई के गर्ने र अवरोधहरूलाई कहिले र कसरी पार गर्ने भनेर स्पष्टसंग बताउथ्यो। प्रत्येक चरण वा अवरोधमा, हामी विकल्पहरू छलफल गर्दा - मलाई थाहा हुन्थ्यो कि क्युबा सधैं राम्रो समाधानको साथ आउनेछ - र त्यस्तो समाधानहरु प्राय जस्सो मैले सोचेको पनि हुदिन थिए। यस्तो समयहरु पनि थियो कि मैले आफैले समस्याका समाधान खोज्न संघर्ष गरिरहदा जब म क्युबासंग हिड्न जन्थ्ये त्यो बेला सोको समधान आफै मेरो दिमागमा आउथ्यो त्यसैले त्यी जनकारीहरु अरु कसैबाट आउँदैछ भनेर मलाई स्पष्ट हुन्थ्यो।

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

पशु संचारको अनुभव को कथाहरु।

HOSTED BY

Christina Sieber

Frequently Asked Questions

How many episodes does जनावरहरू बोल्दछन् ! have?

जनावरहरू बोल्दछन् ! currently has 3 episodes available on PodParley. New episodes are automatically indexed when they're published to the podcast feed.

What is जनावरहरू बोल्दछन् ! about?

पशु संचारको अनुभव को कथाहरु।

How often does जनावरहरू बोल्दछन् ! release new episodes?

जनावरहरू बोल्दछन् ! has 3 episodes. Check the episode list to see recent publication dates and frequency.

Where can I listen to जनावरहरू बोल्दछन् !?

You can listen to जनावरहरू बोल्दछन् ! on PodParley by clicking any episode. We provide an embedded audio player for direct listening, and you can also subscribe via your preferred podcast app using the RSS feed.

Who hosts जनावरहरू बोल्दछन् !?

जनावरहरू बोल्दछन् ! is created and hosted by Christina Sieber.
URL copied to clipboard!