EPISODE · May 30, 2025 · 29 MIN
हरी बुढा मगर | आफ्नै खुट्टामा उभिन हिडेका , खुट्टा बिना सगरमाथा आरोहणको
from MAGAR KHAAM · host Bishal Roka Magar
आज हाम्रो पाहुना हुनुहुन्छ विश्व कृतिमानी हरि बुढा मगर जो दुईवटा घुँडामाथिबाट खुट्टा गुमाएका पहिलो व्यक्तिका रूपमा सगरमाथा आरोहण गर्नु भयो । उहाँ हाम्रो मगर खाम समुदायबाट हुनुहुन्छ, र अझ रमाइलो कुरा हामी दुबै एउटै गाउँबाट हौं! यसैले आजको पोडकास्ट झनै भावनात्मक र विशेष बन्न गएको छ र यो कुराकानी हाम्रो आफ्नै मातृभाषा, मगर खाम (मिरुले) मा गरेका छौं।यस एपिसोडमा उहाँले नेपाल सरकार विरुद्ध किन मुद्दा दिनु भयो भन्ने बारे कुराकानी गर्ने छौ, जून यो कदमले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो चर्चा पायो।आफ्नै खुट्टामा उभिन हिडेको जीवनयात्रा कसरी खुट्टा बिना सगरमाथाको शिखरसम्म पुग्यो भन्नेबारे गहिरो कुरा गरेका छौं। हाम्रो संस्कृतिमा भनिन्छ "आफ्नै खुट्टामा उभिनु" भनेको आत्मनिर्भर बन्नु हो। तर आज हरिका खुट्टा छैनन्, र पनि उहाँले संसारलाई देखाउनु भयो खुट्टाको होइन, आत्मबल र साहसले मानिस उभिन्छ। उहाँ ब्रिटिश गोरखा सैनिक हुनुहुन्थ्यो। सन् २०१० मा अफगानिस्तानमा आईईडी विस्फोट हुँदा उहाँले दुवै खुट्टा गुमाउनु भयो। उहाँको अपांगता अधिकारको वकालत, कानुनी संघर्ष, र विश्वव्यापी प्रेरणा बन्ने यात्राबारे हामीले कुराकानी गरेका छौं।Today, our guest is the world record-holder Hari Budha Magar, the first person to summit Mount Everest with both legs amputated above the knees. He comes from our Magar Khaam community, and what makes this even more special is that we both come from the same village! That’s why today’s podcast is especially emotional and meaningful — and we've had this conversation in our native language, Magar Khaam (Mirule).In this episode, we talk about why he filed a legal case against the Government of Nepal, a bold step that drew attention not just nationally, but internationally as well.We dive deep into his journey of walking toward independence — and how that very journey reached the summit of Everest without legs. In our culture, we say "to stand on your own feet" means to be self-reliant. Although Hari no longer has feet, he has shown the world that it’s not legs but inner strength and courage that truly lift a person up.He was a British Gurkha soldier, and in 2010, he lost both of his legs in an IED explosion in Afghanistan.We’ve discussed his advocacy for disability rights, his legal battles, and the inspiring journey that made him a global symbol of resilience and determination.
NOW PLAYING
हरी बुढा मगर | आफ्नै खुट्टामा उभिन हिडेका , खुट्टा बिना सगरमाथा आरोहणको
No transcript for this episode yet
Similar Episodes
Jul 14, 2025 ·64m
Feb 25, 2025 ·0m
Aug 10, 2023 ·6m
May 30, 2023 ·14m
May 23, 2023 ·13m
May 15, 2023 ·6m