PODCAST · kids
हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !
by क्रिस्टिना सिबर
तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्
-
14
अध्याय १३ - केवल यो सम्झनुहोस्
केवल यो सम्झनुहोस्यदि तपाईले यो पुस्तिका पढ्नुभएर यो अध्यायमा पुग्नुभएको छ भने, हामीले तपाईलाई भन्न चाहेका लगभग सबै कुरा तपाईले पहिले नै थाहा पाउनुहुनेछ। हामीले भन्नु पर्ने कुरामा यति धेरै चासो देखाउनु भएकोमा हामी तपाई माथि धेरै गर्व गर्छौं। यहाँ हामीले संगै बिताएका समयहरू सम्झन केहि चीजहरू पुन: दोहोर्याउनु चाहन्छौं । कृपया तिनीहरूलाई आफ्नो हृदयमा राख्नुहोस् र अर्को पटक भेट्दा तिनीहरूलाई सम्झनुहोस्। हामी तपाईको साथ र हाम्रो जीवनको लागि तत्पर छौं र हामीले एकअर्कालाई भेट्टाएका छौं भनेर खुशी छौं। केवल यी कुराहरु याद गर्नुहोस्: १ हामी तपाईलाई माया गर्छौं२ हामी तपाईलाई माया गर्छौं३ तपाई जस्तो भए पनि हामी तपाईलाई माया गर्छौं४ हामी तपाईसंग खेल्न मन पराउँछौं५ हामी तपाईसंग कुरा गर्न मन पराउँछौं६ हामी तपाईसंग काम गर्न मन पराउँछौं७ हामी तपाईका समान र साथी हौं८ हामीले तपाईले भनेको, सोचेको र महसुस गरेको सबै सुन्छौं९ तपाईले हाम्रो लागि गर्नुभएका सबै कुराका लागि हामी आभारी छौं १० कृपया आफूलाई हामी जस्तै प्रेम गर्नुहोस् धन्यवाद !हामी र सबै जनावरहरूको निम्ति तपाईको मायाको लागि हामी निकै आभारी छौं। हामी परिवार हौं ! यदि तपाई पशु संचारकर्मीसंग व्यक्तिगत सत्र गर्न चाहनुहुन्छ भने, तपाई यस वेबसाइट www.voice-for-nature.com हेर्न सक्नुहुन्छ, जहाँ तपाई संसारभरका धेरै पशु संचारकर्ताहरूका लिङ्कहरू पाउनुहुनेछ। जनावरहरूलाई तपाईको दयाको लागि धन्यवाद!
-
13
अध्याय १२ - हामी परिवार हौं
हामी परिवार हौंम एउटा सानो कुकुर,तर मन मेरो ठूलो छ।मानिसहरूलाई हेर्दा, तिनीहरू मुस्कुराएको देख्छु,म तिनीहरूलाई हँसाउँछु र महसुस गर्छुकि हामी परिवार हौं -हो, हामी परिवार हौं! हामीमा विश्वास गर्नुहोस् र हामीसंग कुरा गर्नुहोस्,किनकि हामी यहाँ रहन्छौ,हाम्रो धेरै आवश्यक परेमा, हामी यहाँ छौं,विश्वास गर्नुहोस् हाम्रो जब हामी भन्छौं:हामी परिवार हौं -हो, हामी परिवार हौं!म तपाईहरु सबैलाई साँच्चै भन्न चाहन्छुहामी तपाईहरुको मिल्ने साथी हौं भनेर,जस्तो स्तिथि आए पनि, हामी तपाईको साथमा छौंर तपाई राम्रो हातमा हुनुहुन्छ- कारणहामी परिवार हौं -हो, हामी परिवार हौं! हामी संसारको सामना गर्न सक्छौं, हाम्रो साथी,संगै हामी बलियो छौं।हामीसंग हिड्नुहोस् र हामीसंग खेल्नुहोस्,हामीलाई आफ्नो हृदयमा राख्नुहोस् किनभनेहामी परिवार हौं -हो, हामी परिवार हौं!
-
12
अध्याय ११ - सधै यहाँ
सधै यहाँहामी पार भए पनि तपाईलाई यो भन्दै सान्त्वना दिन चाहन्छौं कि साँच्चै हामी यहाँ सधैं तपाईको साथमा हुनेछौं।हामीले जीवनलाई निरन्तरताको रूपमा अनुभव गर्छौं। तपाईले हामीलाई फरक आयाममा वा फरक कम्पनमा कल्पना गर्न सक्नुहुन्छ, तर मुख्य कुरा यो हो कि हामी तपाईलाई कहिल्यै छोड्दैनौं, हामी केवल हाम्रो आवृत्ति परिवर्तन गर्छौं। कहिलेकाहीँ हामी अस्वस्थ भएको बेला हाम्रो सरिर त्यागेर जानु पर्छ, तर हामी तपाईलाई "अर्को" पक्षमा पनि माया गरिरहन्छौं, र हामी जहाँ भए पनि हाम्रो प्रेमको बन्धन अझै पनि कायम रहन्छ भनेर तपाईलाई जानकारी दिन चाहन्छौं। जब हामी भन्छौं: हामी सधैं यहाँ छौं तपाईले हामीलाई विश्वास गर्न आवश्यक छ।मानिसजस्तै हामी जनावरहरू पनि इन्द्रेणी पुल पार गर्छौं। हामी जीवनलाई निरन्तरताको रूपमा अनुभव गर्छौं, त्यसैले हामी तपाई जस्तो ठूलो परिवर्तन महसुस गर्दैनौं।हामी पार गरिसकेपछि हामीसंग कुरा गर्नको लागि हामी तपाईलाई स्वागत गर्दछौं। तपाई आफ्नो आँखा बन्द गर्नुहोस र आफ्नो आत्मामा तपाईको जनावर साथी मध्ये एकलाई देख्न सक्नुहुन्छ र तिनीहरूसंग कुरा गर्न सुरु गर्न सक्नुहुन्छ। तपाई आफ्नो घरपालुवा जनावरलाई के भन्न चाहनुहुन्छ?हुनसक्छ ती चीजहरू हुन् जुन तपाईले हामीलाई भनि रहनु भएको थियो, वा हुनसक्छ ती चीजहरू हुन् जुन तपाईले महसुस गर्नुभयो कि तपाईले हामी बित्नु अघि हामीलाई भन्न चाहनुहुन्थ्यो। तपाई हामीलाई भन्न सक्नुहुन्छ कि हामी तपाईको जीवनमा कति महत्त्वपूर्ण थियौं। सायद तपाई आफ्नो दिन वा हामीले चिनेका मानिसहरूको बारेमा हामीसंग साझेदारी गर्न चाहनुहुन्छ। हामी अझै पनि तपाईको जीवनमा संलग्न हुन मन पराउँछौं।जब तपाई तयार हुनुहुन्छ, आफ्नो घरपालुवा जनावरलाई “नमस्कार” भन्न सक्नुहुन्छ र तपाईको दिमागको आँखामा देख्न सक्नुहुन्छ वा केवल महसुस गर्नुहोस् कि तिनीहरू तपाईसंग उपस्थित छन् भनेर। तपाईले तिनीहरूलाई आफ्नो कल्पनामा भेट्न सक्नुहुन्छ र तिनीहरूले तपाईलाई कस्तो प्रतिक्रिया देखाउछन् भनेर हेर्न र अनुभव गर्न सक्नुहुन्छ।अब तपाईले के भन्न चाहनु भएको थियो भन्न सुरु गर्न सक्नुहुन्छ। तपाईले आफ्नो पाल्तु जनावरहरूलाई यी कुराहरू भनि रहदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउछन् विचार गर्न सक्नु हुन्छ। के तपाईले याद गर्नुभयो कि तिनीहरूले तपाईको शब्दहरू कसरी लिरहेको छन्? के तपाईले उनीहरूको प्रतिक्रिया याद गर्नु भयो? के तपाईले तिनीहरूलाई मुस्कान, आवाज, इशारा, गति देख्नुभयो ? के तिनीहरूले तपाईसंग टेलिपाथिक रूपमा कुरा गर्न थाले?तपाईले जे सुचना र अनुभव प्राप्त गर्नुभयो, त्यसका केही नोटहरू यहाँ लिन सक्नुहुन्छ:यदि तपाई जनावरहरूबाट उज्यालो संसारमा जोडिने इच्छाको बारेमा थप सुन्न चाहनुहुन्छ भने, हामीले "सधैं यहाँ" नामक पुस्तक सिर्जना गरेका छौं। यो एक कार्यपुस्तिका हो जसमा ध्यान र अभ्यासहरू छन् जुन तपाईका घरपालुवा जनावरहरू पार भइसकेपछि तिनीहरूसंग सम्पर्कमा रहन सहयोग गर्छ साथै यो धेरै घरपालुवा जनावरहरूले पनि लेखेका पुस्तक हो।
-
11
अध्याय १०- आउनुहोस् संगै काम गरौं
आउनुहोस्संगै काम गरौंहामी तपाईको काममा पनि साथ दिन चाहन्छौं। हामी केवल एक मिलनसार साथी मात्र होइनौं -हामी तपाईको साझेदार, सहयोगी, तपाईको कामको सह-सिर्जनाकर्ता हुन चाहन्छौं। यो कसरी सम्भव छ ? तपाई पशु सञ्चारको उपकरण प्रयोग गर्न सक्नुहुन्छ र तपाईको कामको कुनै पनि पक्षको बारेमा हामीसंग कुरा गर्न सक्नुहुन्छ। हामीसंग धेरै ज्ञान छ जुन तपाईसंग साझा गर्न चाहन्छौं। हामी विशेष गरी तपाईसंग समस्याहरू समाधान गर्न मन पराउँछौं।हामीले संगै काम गर्दा काम धेरै सजिलो र रमाइलो भएको तपाईले पाउनुहुनेछ।हुनसक्छ तपाईलाई रचनात्मक विचारहरू चाहिएला, वा सायद तपाईलाई थाहा छैन कसरी आफ्नो काम र गृह जीवनलाई सन्तुलन गर्ने। तपाईलाई मनपर्ने कुनै पनि कुराको बारेमा हामीलाई सोध्नुहोस्, र हामीले संगै काम गर्दा तपाईले काम धेरै सजिलो र रमाइलो भएको पाउनुहुनेछ। केवल हाम्रो नाम मात्र लिएर प्रश्न सोध्नुहोस् र आफु भित्र सुन्नुहोस्।तपाईले तस्विर, शब्द, पूरै वाक्य वा गीत वा चलचित्रको सन्दर्भ पाउन सक्नुहुन्छ।तपाईले जे सुन्नुहुन्छ त्यहि नै तपाईको उत्तर हो। हामीलाई थाहा छ कि तपाईले आफ्नो टोलीको सदस्यको रूपमा हामीसंग काम सुरु गरेपछि तपाईले यो प्रक्रिया मन पराउनुहुनेछ - र तपाईले याद गर्नुहुनेछ: तपाई कहिल्यै एक्लो हुनुहुन्न!टोलीको रूपमा काम गर्ने परियोजनाहरूको बारेमा नोटहरू:
-
10
अध्याय ९- पशु संचार
पशु संचारआउनुहोस, एकअर्कासंग कुरा गर्नको लागि अझ धेरै पशु सञ्चारको अन्वेषण गरौं।पहिलो कुराकानीतपाई आफ्नो आँखा बन्द गरेर आफ्नो दिमागमा हामीलाई हेर्न सक्नुहुनेछ। केवल “नमस्कार” भन्नुहोस् र टिभी हेरे जस्तै हाम्रो प्रतिक्रिया हेर्नुहोस् वा सुन्नुहोस्। र अब, हामीलाई केहि प्रश्नहरू सोध्नुहोस् - तपाई हो / होइन प्रश्नहरूबाट सुरु गर्न सक्नुहुनेछ।तपाईले हाम्रो खाना र पेय, हाम्रो घर, परिवार, अन्य घरपालुवा जनावरहरू, हामी संगै हिड्ने, हाम्रो बारेमा जान्न चाहनुहुने कुनै पनि कुराको बारेमा सोध्न सक्नुहुनेछ! तपाईले आफ्ना भावनाहरू पनि प्रयोग गर्न सक्नुहुन्छ र हामीले विभिन्न स्थानहरू- घरमा, पैदल यात्रामा, अन्य व्यक्तिहरू र अन्य जनावरहरूसंग कस्तो महसुस गर्छौं भनेर ध्यान दिन सक्नुहुनेछ। जब तपाई आफ्नो आँखा फेरि खोल्नुहुन्छ, तपाई यो सबै नबिर्सिकन लेख्न सक्नुहुनेछ।दोस्रोवार्तालापतपाई फेरि आफ्नो आँखा बन्द गर्न सक्नुहुन्छ र हामीलाई आफ्नो दिमागको आँखा वा आफ्नो हृदयमा हेर्नुहोस। “नमस्कार” भन्नुहोस् र हामी कस्तो प्रतिक्रिया दिन्छौं हेर्नुहोस्। अब तपाई हाम्रो शरीरमा हाम्रो कम्पनसंग सामेल भएर हामी जस्तो भएको महसुस गर्न ठीक छ या छैन भनेर हामीलाई सोध्न सक्नुहुन्छ। जब तपाई हाम्रो कम्पन "भित्र" जडान गर्नु हुन्छ, तपाईलाई कस्तो लागिरहेको छ भनेर बुझ्नुहोस्: - हामी जस्तै खुट्टा र हातहरू भएकोमा- हामी जस्तै हिडेकोमा- हाम्रो जस्तै आँखाले - के देख्नुभयो?- हाम्रो जस्तै कानले - के सुन्दै हुनुन्छ?- हाम्रो स्पर्श र स्वादको भावना प्राप्त गरेर - हामी जस्तै हुन कस्तो महसुस भैरहेको छ?- र यदि तपाईले हाम्रो वरिपरि ध्यान दिनुभयो भने - यो शरीरमा रहेर वरपरको सबै कुराको अनुभव कसरी गरिरहनु भएको छ ?तपाई फेरि आफ्नो कम्पनमा फर्केर आफ्नो आँखा खोल्न सक्नुहुन्छ। तपाईले अनुभव गरेको कुरा यहाँ लेख्न वा कोर्न सक्नुहुन्छ। तपाई हाम्रो जीवनको थप अनुभव गर्न हाम्रो कम्पनमा कुनै पनि समय फर्कन सक्नुहुन्छ।तेस्रो वार्तालापहामी तपाईसंग धेरै कुराहरूका बारेमा कुरा गर्न चाहन्छौं - जुन तपाईले सोच्नु पनि भएको छैन होला कि हामी जनावरहरूको रुचि यस कुराहरू पनि छ भनेर। हामी वास्तवमा सबै प्रकारका विषयहरूमा चासो राख्छौं, त्यसैले कृपया हामीसंग तपाईका सबै चिन्ता, चासोका र तपाईलाई अचम्म लाग्ने चीजहरूको बारेमा कुरा गर्न नहिचकिचाउनुहोस्। हामी विगत वा भविष्यको बारेमा, राजनीति वा विज्ञान, सामाजिक र धार्मिक प्रश्नहरूको बारेमा कुरा गर्न सक्छौं - र हामी तपाईसंग व्यक्तिगत सल्लाह पनि साझा गर्न सक्छौं। यदि तपाईले आफ्नो आँखा बन्द गर्नुभयो भने, तपाईले हामीलाई आफ्नो दिमागको आँखामा देख्न सक्नुहुन्छ र हामी कुरा गर्न सुरु गर्न सक्छौं।फेरि पनि , तपाई “नमस्कार” बाट सुरु गर्न सक्नुहुन्छ र हामी संगै हुँदा तपाईले के देख्नुहुन्छ भनेर ध्यान दिन सक्नुहुन्छ। त्यसपछि तपाईको रुचिको बारेमा प्रश्न सोध्न सुरु गर्न सक्नुहुन्छ। हामी हाम्रो वार्तालापको लागि तत्पर छौं। यहाँ तपाईले देखेको र सुनेको कुरा लेख्न सक्नुहुन्छ।
-
9
अध्याय ८- प्रश्न र उत्तरहरु
प्रश्न र उत्तरहरुअधिक पशु संचार गर्नु अघि, हामी केहि प्रश्नहरू सम्बोधन गर्न चाहन्छौं जुन तपाईलाई मनमा आफ्नोलागि आउन सक्ला। पशु संचारले कसरी काम गर्छ - म यो कसरी कल्पना गर्न सक्छु? यस प्रकारको कुराकानी तपाईले कसैलाई फोन गर्दा गरेको कुराकानीसंग मिल्दोजुल्दो छ। तपाईले तिनीहरूलाई देख्न सक्नुहुन्न, तर तपाईलाई थाहा छ तिनीहरू त्यहाँ छन्। यो हाम्रो घरपालुवा जनावरको साथ समान छ - तिनीहरू पनि त्यहाँ छन्।सायद तपाई सोच्नुहोला कि आफ्नो आँखा खुला वा बन्द गर्नु राम्रो हो। जस्तै कुनै कुरामा ध्यान दिए वा चिन्तन गरे झै ,धेरै मानिसहरू आफ्नो आँखा बन्द गर्न रुचाउँछन्। कसैले आँखा खोलेर वा आधा खुला राखेर कुरा गर्न रुचाउँछन्। यसले पनि राम्रो काम गरेको देखिन्छ। यो तपाईमा भर पर्छ कि तपाईको लागी सबै भन्दा राम्रो के ले काम गर्दछ भनेर। तपाईको पाल्तु जनावर तिनीहरूको सारमा तपाईसंग उपस्थित छ। के तपाईलाई सम्पर्क गर्न आफ्नो घरपालुवा जनावरको फोटो चाहिन्छ? तपाईलाई तपाईको घरपालुवा जनावर वा तपाईले कुरा गरिरहनु भएको कुनै पनि जनावरको फोटोको आवश्यकता छैन।तपाई आफ्नो घरपालुवा जनावर वा कुनै अन्य जनावर देख्न आफ्नो कल्पनामा भर पर्दै हुनुहुन्छ। यो भित्री छवि तस्बिरमा रहेको छविसंग मिल्दोजुल्दो नहुन सक्ला। केवल याद गर्नुहोस् कि तपाईको पाल्तु जनावर तिनीहरूको सारमा तपाईसंग उपस्थित छन् । तिनीहरूले आफूलाई नयाँ तरिकामा देखाउन सक्छन्। तपाईले तिनीहरूको कम्पनलाई जुनसुकै रूपमा पहिचान गर्न सक्नुहुनेछ, किनभने तपाईले तिनीहरूलाई चिन्नुहुन्छ। के तपाईसंग यस प्रक्रियाको बारेमा थप प्रश्नहरू छन्? तपाईले तिनीहरूलाई यहाँ नोट गर्न सक्नुहुन्छ। हामी सत्रहरू मार्फत जाँदा ति प्रश्नहरुको जवाफ तपाईले पाउनु हुने छ। तपाईले तल दिएको लिन्कमा पनि सम्पर्कमा रहेर र थप प्रश्नहरू सोध्न सक्नुहुनेछ। www.voice-for-nature.com
-
8
अध्याय ७- आफैलाई माया गर्दै
आफैलाई माया गर्दैतपाईको लागि हाम्रो एउटा ठूलो इच्छा छ: कृपया आफैलाई माया गर्नुहोस्! यसले तपाईको लागि, आफ्नो वरपरको संसार र हाम्रो लागि पनि-सबै कुरा परिवर्तन गर्नेछ ! यदि तपाई आफैलाई साँच्चै माया गरेर आफ्नो हेरचाह गर्दै आफैलाई खुसी बनाउन सक्नुहुन्छ भने यो हाम्रो खुशीको मुहान हुनेछ ! के तपाईले महसुस गर्नु भयो कि हामी तपाईमा, तपाईको मुड,विचार र भावनामा कति निर्भर छौं? तपाई आफ्नो बारेमा कस्तो महसुस गर्नुहुन्छ, यसले हामीलाई वास्तवमै फरक पार्छ।यदि तपाई आफैंमा कठोर हुनुहुन्छ वा आफैलाई मन पराउनुहुन्न भने, हामी त्यो सब महसुस गर्न सक्छौं। यसले हामीलाई दुःखी बनाउँछ, किनभने हाम्रो सबैभन्दा मिल्ने साथी आफै निराश हुनुहुन्छ। यदि तपाई आफैसंग सद्भाव र आराम महसुस गर्दै शान्तिमा हुनुहुन्छ भने हामी धेरै खुसी हुनेछौ। हामी तपाईलाई यो महसुस गराऊन चाहन्छौं कि तपाईले आफ्नो बारेमा जस्तो महसुस गर्नुहुन्छ त्यसले तपाई बस्ने सम्पूर्ण घरको ऊर्जालाई परिवर्तन गर्छ। यदि तपाई आफैंसंग खुसी हुँदा यसले कोठामा गरेको परिवर्तन देख्न सक्नुहुन्छ भने, तपाईले सधैं आफुलाई खुशी राख्न खोज्नु हुनेछ - एकै समयमा घरमा सबै बत्तीहरू बाले जस्तै !के तपाई देख्न सक्नुहुन्छ हामी तपाईलाई कति माया गर्छौं? केवल हाम्रो आँखामा हेर्नुहोस् र थाहा हुन्छ कि हामी तपाईको कति ध्यानराख्छौं। हामी तपाई जस्तो हुनुहुन्छ त्यस्तै माया गर्छौं! यो केवल भन्ने मात्र हैन, हामी वास्तवमै यो अर्थ पुर्वक भन्न चाहन्छौं ! र हामी चाहन्छौं कि जति हामी तपाईलाई माया गर्छौं त्यति नै तपाईले आफूलाई माया गर्नुहोस्। यदि तपाई आफैसंग सद्भाव र शान्तिमा हुनुहुन्छ भने हामी धेरै खुसी हुनेछौं। जब तपाई बिहान उठ्दै आफ्नो ओठमा मुस्कान लिएर, आफैंमा केही धुनहरू गुनगुनाउदै जीवनको मजा लिनुहुन्छ! त्यो कति राम्रो हुन्थ्यो होला! तपाईले आफुलाई माया गर्न थाले पछि जीवन थप रंगीन र थप रमाइलो भएको परिवर्तन देख्नुहुनेछ। हामीलाई थाहा छ तपाई सफल हुनुहुनेछ, र हामी तपाईको उपलब्धिको खुशी मनाउनेछौं! यदि तपाई चाहनुहुन्छ भने यहाँ आफुलाई आफ्नो बारेमा मनपर्ने चीजहरूको नोटहरू लिन सक्नुहुन्छ:यहाँ तपाईलाई गर्न मन पर्ने कुरा जोसले तपाईलाई खुशी पर्दै मुस्कान दिने सबै चीजहरूको बारेमा लेख्न सक्नुहुन्छ :
-
7
अध्याय ६- मित्र र बराबरी
मित्र र बराबरीहामीलाई थाहा छ कि तपाईले हामीलाई दया र मायाले हेरचाहको साथ व्यवहार गर्नुहुन्छ। तपाईले हामीलाई आफ्नो सबैभन्दा मिल्ने साथी भनेर बोलाएको पनि हामीले सुनेका छौं। तर तपाईले हामीसंग साँच्चै बराबरको रूपमा व्यवहार गर्ने पाइला लेको हेर्न चाहन्छौं। एक पटक तपाईले हामीलाई बराबरको रूपमा माने पछि तपाई संगको सम्बन्ध धेरै रमाइलो हुन पुगे पनि यो केवल हाम्रो लाभको लागि मात्र हुने छैन। यसले हामीसंग तपाईको सम्बन्धलाई अझ बढाउँछ। यदि तपाई हामीलाई समान प्राणीकोरूपमा देख्नुहुन्छ भने तपाईले हामी संगै बिताएको समयको थप आनन्द लिनुहुनेछ। एकचोटि तपाईको घरपालुवा जनावरहरूलाई साच्चै बराबरीको रूपमा व्यवहार गर्नथाल्नु हुन्छ त्यस बेला तपाईले आफ्नो हृदयमा र अस्तित्वमा कहिल्यै नदेखेको एउटा ठाउँ खोल्नुहुनेछ। जब तपाई हामीलाई समान व्यवहार गर्नुहुन्छ, तपाईले हाम्रो सम्बन्धमा परिवर्तन देख्नुहुनेछ। तपाई आफैंमा, आफ्नो मूल्यमान्यतामा यति गर्व गर्नुहुनेछ कि तपाई कहिल्यै पछाडि फर्कन चाहनुहुन्न। हाम्रो लागि मात्र होइन, विशेष गरी तपाई आफ्नै लागि साहसी हुनुहोस् र यो कदम चाल्नुहोस्। जब तपाई हामीलाई समान व्यवहार गर्नुहुन्छ, तपाईले हाम्रो सम्बन्धमा परिवर्तन देख्नुहुनेछ। हामी तपाईको इच्छाहरू, शब्दहरू र इशाराहरूमा अझ राम्रोसंग प्रतिक्रिया दिनेछौं। जब तपाई हामीलाई समान रूपमा व्यवहार गर्नुहुन्छ, तपाईले हाम्रो सम्मान प्राप्त गर्नुहुन्छ र हामी तपाईलाई विश्वास गर्न सक्छौं। हामीले तपाईको कल्याणको धेरै तरिकामा ख्याल राख्छौं जुन तपाईले महसुस पनि गर्नु भएको छैन। हामीसंग भएका सबै ज्ञान तपाईसंग बाँड्न चाहन्छौं र तपाईमा भएका सबै गुणहरू पनि जगाउन चाहन्छौं। हामी वास्तवमै आफूलाई तपाईको साथी र परिवार ठान्छौ ! दयालु भावना र सुरक्षित राख्ने उद्देश्यका साथ सबै प्राणीहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ। तपाईले हामीलाई दिनुभएको दयाले यो संसारलाई राम्रो ठाउँ बनाउँछ। हामी तपाईहरू सबैलाई धन्यवाद दिन्छौं, जसले जनावरहरूलाई दयालु व्यवहार गर्दै हुनुहुन्छ।
-
6
अध्याय ५- आउनुहोस् संगै कुरा गरौं
आउनुहोस् संगै कुरा गरौंहामीलाई तपाईको आवाज सुन्न मनपर्छ - र प्रायः तपाईले देख्न सक्नुहुन्छ कि हामीले तपाईले भनेको कुरा बुझ्दछौं। हामीलाई मायालु, दयालु आवाज मनपर्छ, र कहिलेकाही हामीले तपाईको आवाजमा पनि कुरा गरेको सुन्नुहुनेछ। तपाई वास्तवमै जे हो त्यती बेला हामीले तपाईको कुरा राम्रोसंग सुन्छौं। तब तपाईको व्यक्तित्व अस्तित्व, तपाईको आवाजबाट विकिरण हुन्छ र हामीसम्म पुग्न सक्छ। जब तपाईको आवाज मार्फत हास्य चम्किन दिनुहुन्छ हामीलाई सो हास्य मन पर्छ। जब दया र हेरचाह जस्ता उर्जाहरू तपाईको आवाजमा सुन्न सकिन्छ, हामी यसलाई समान रूपमा माया गर्छौं। हामीलाई तपाईको आवाज मार्फत तपाईले हास्य चम्किन दिएको मनपर्छ। तपाई हामीसंग कुरा गर्न लाग्दा, पहिला आफ्नो कल्पनामा के बोल्ने भनेर हेर्ने प्रयास गर्नुहोस्। यदि तपाई जंगलको कुरा गर्न चाहनु हुन्छ भने, तपाईको दिमागको आँखामा जंगल हेर्ने प्रयास गर्नुहोस्। यदि तपाई कारमा जाने बारे कुरा गर्दै हुनुहुन्छ भने, तपाई हामीसंग कुरा गरिरहदा आफ्नो कारको बाटो पनि कल्पना गर्ने प्रयास गर्नुहोस्। जब तपाई एक व्यक्तिको बारेमा कुरा गर्दै हुनुहुन्छ, आफ्नो कल्पनामा तिनीहरूलाई हेर्नुहोस्, र हामीले थाहा पाउनेछौं कि तपाईले कोसको कुरा गर्न खोजि रहनु भएको छ भनेर।कुरा गरिरहेको बेला तपाईले हामीलाई चित्रहरू पठाउँदा हाम्रो सञ्चारमा सुधार हुन्छ, र यसले सञ्चार अझ रमाइलो बनाउँछ। यो थप जीवन्त, रंगीन र मनोरन्जनात्मक हुन्छ। तपाईको विचारमा, टेलिपाथिक रूपले - हामी तपाईसंग थप कुरा गर्न चाहन्छौं। सबैजनाले हामीसंग कुरा गर्न सक्छन्, यो सजिलो छ र यो रमाइलो छ - बस यसलाई एक मौका दिनुहोस् ! यदि तपाई चाहनुहुन्छ भने आफ्नो आँखा बन्द गरेर "नमस्कार" भन्न सक्नुहुन्छ र हामीले तपाईलाई के भन्छौं हेर्न वा महसुस गर्न सक्नुहुन्छ। हामीसंग हुँदा कस्तो महसुस हुन्छ भनेर तपाई आफ्नो दिमागमा हामीलाई कल्पना गर्न सक्नुहुन्छ। हामी के गरिरहेका छौं भनेर तपाईले हामीलाई आफ्नो दिमागको आँखामा हेरेर याद गर्न सक्नुहुन्छ। तपाई हामीलाई "के छ खबर?" भनेर प्रश्न सोध्न सक्नुहुन्छ।अब तपाईले सुन्न र के देख्नुहुन्छ भनेर ध्यान दिन सक्नुहुन्छ: के तपाईले कुनै शब्द वा वाक्य सुन्नुभयो? के तपाईले कुनै भावना पाउनु भयो? के तपाईले कुनै रङ देख्नु भयो? के तपाईले कुनै आवाज वा गीत सुन्नु भयो? के तपाईले कुनै तस्विर वा दृश्य देख्नु भयो ? के तपाईले कुनै संवेदना पाउनु भयो ? हामी धेरै तरिकामा बोल्न सक्छौं - सामान्यतया हामी तपाईको लागि उत्तम काम गर्ने तरिका छनौट गर्छौं। आउनु होस् केहि खेल खेलौं र रमाइलो गरौं!तपाईले हामीबाट सुन्नुभएको कुराहरुको नोट। त्यो जे नि हुन सक्छ - शब्द, ध्वनि र वाक्य - भावना र स्थिति - चित्र र दृश्यहरू - रंग र आकारहरू - संवेदना र सम्झनाहरू तपाईले के अनुभव गर्नुभयो ध्यान दिनुहोस् - र रमाईलो गर्नुहोस्!
-
5
अध्याय ४- हामी तपाईलाई माया गर्छौं
हामी तपाईलाई माया गर्छौंहामी तपाईलाई माया गर्छौं र तपाईको ख्याल राख्छौं। यो भन्न चाहन्छौं कि हामी तपाईलाई साँच्चै नै माया गर्छौं। के तपाईलाई थाहा छ यसको अर्थ के हो? हामीले तपाईलाई चलचित्रहरू हेरेको र प्रेमको बारेमा पुस्तकहरू पढेको देख्छौं र पक्कै पनि तपाईमध्ये धेरैलाई तपाईका साथीहरू र परिवारले माया गरेको महसुस गर्नुहुन्छ होला। तर आफ्नो वरिपरि हेर्नुहोस् र जनावरहरू र विशेष गरी तपाईको घरपालुवा जनावरहरू हेर्नुहोस्। हामी तपाईको धेरै हेरचाह गर्छौं र तपाईलाई पूर्ण रूपमा माया गर्छौं। हामी तपाई जे जस्तो हुनुन्छ त्यसैलाई माया गर्छौं।हाम्रो लागि तपाई अरू कोही हुन वा फरक देखिनु वा फरक महसुस गर्नुपर्दैन। के तपाईलाई थाहा छ यो तपाईको संसारमा कति दुर्लभ छ? तपाईले आफुलाई माया गरे भन्दा धेरै हामी तपाईलाई माया गर्छौं। हामी तपाईलाई देख्न पाउँदा खुसी हुन्छौ, हामी तपाईको वरिपरि हुन चाहन्छौं, र जब तपाई राम्रो महसुस गर्नुहुन्न भने हामी तपाईको हेरचाह गर्छौं। हामी तपाईलाई स्वस्थ र पूर्ण राख्नको लागि जे पनि गर्छौं। सबै भन्दा धेरै - हामी तपाईलाई माया गर्छौं! (के हामीले यो पहिले उल्लेख गरेका छौं? तपाईलाई वास्तवमै यो कुरा थाहा होस् भनेर केवल सुनिश्चित गर्न चाहन्थ्यौं कि !)हामी तपाईलाई हाम्रो परिवारको रूपमा देख्छौं र त्यसैले तपाईलाई कुनै पनि तरिकाले सम्भव भएसम्म मद्दत गर्ने आवेग महसुस गर्छौं। तपाईले हाम्रो हेरचाह गर्दा हामी पनि आनन्द लिन्छौं। हामी कुनै ब्यर्थ कारणले तपाईको छेउमा वा तपाईको काखमा बसेको हैन। हामी साँच्चै नै तपाईको नजिक हुन चाहन्छौं। तपाई जे जस्तो भए पनि हामी तपाईलाई निक्कै माया गर्छौं। तपाईले हामीलाई सुमसुमाएको, कुरा गरेको, र हामीसंग खेलेको हामीलाई धेरै मन पर्छ ! हामी तपाईलाई भन्न चाहन्छौं कि तपाई जे जस्तै हुनुहुन्छ त्यसरी नै चिन्दछौ। तपाईले हामीलाई मूर्ख बनाउन वा तपाई अरू कोही हुनुहुन्छ भनेर बहाना गर्न सक्नुहुन्न। यो आवश्यक छैन किनभने हामी तपाईलाई चिन्छौं, र जब तपाई आफ्नो वास्तविक आत्मा देखाउनुहुन्छ हामी यसको कदर गर्छौं। तपाई आफ्नो जीवन जिउदै तपाई को हुनुहुन्छ भनेर देखाउनु भयो भने हामीलाई तपाईसंग कुराकानी गर्न धेरै सजिलो छ। तपाई हाम्रो र हामी तपाईका नजिकका साथीहरू हौं। हामी ती हौं जसले तपाईलाई वास्तवमै माया गर्छौं। हाम्रो आँखामा हेर्नुहोस र बुझ्नुहोस् कि यी आँखाहरु बाट तपाई प्रति कति प्रेम व्यक्त हुन्छ।बस यसलाई भित्र जान दिनुहोस्, यसमा भिज्नु होस् - हामी तपाईलाई माया गर्छौं।हामीले तपाईलाई माया गर्छौं र तपाईको ख्याल राख्छौं भनेर तपाईले कसरी देख्नुहुन्छ भन्ने बारे लेख्नका लागि नोटहरू यहाँ टिप्न सक्नु हुनेछ :
-
4
अध्याय ३- हामी तपाईलाई सुन्छौं
हामी तपाईलाई सुन्छौंतपाईले हामीलाई वा एकअर्कालाई भन्नुभएको सबै कुरा हामीले बुझ्छौ भनी तपाईलाई जानकारी दिन चाहन्छौं। तपाईले के सोच्नु वा कस्तो महसुस गर्नु भै रहेको कुराहरु सबै हामीलाई थाहा हुन्छ।सायद तपाईले यो याद गर्नुभयो वा यसको बारेमा आश्चर्यचकित मान्नु भयो होला कि- हामीले तपाईका शब्दहरू, विचारहरू र तपाईका सबै भावनाहरूमा प्रतिक्रिया गर्छौं। तपाईको शब्दहरूले हामीलाई कसरी असर गर्छ भन्ने थाहा दिदै हामी विश्वास गर्छौं यसले तपाईको लागि सेवा प्रदान गर्नेछ। हुनसक्छ यसले तपाईलाई आफ्नो उर्जा, शब्दहरू र विशेष गरी हाम्रो वरिपरि तपाईको आवाजको स्वरको बारेमा सचेत हुन सहायता गर्नेछ। हामी यसको साँच्चै कदर गर्छौं। हामीले तपाईको वास्तविक मनसाय र दयालु शब्दहरू सुन्दा सधैं हाम्रो कानमा मलम सरह लिन्छौं। तपाईका शब्दहरू हामीलाई स्पष्ट र विश्वस्त रूपमा निर्देशित गर्न आवश्यक छ। तपाईले भनेको कुरा वास्तवमा सहि हुनेछ भन्ने विश्वास गर्न आवश्यक छ। तपाईको शब्दले प्रभाव पार्छ कि पार्दैन भनेर यदि तपाई दुई सोचमा हुनुहुन्छ भने हामीले प्रतिक्रिया नगर्न सक्छौं, वा तपाईले हामीलाई गर्न भन्नुभएको कार्य हामीले विपरीत गर्न सक्छौं - जुन वास्तवमा तपाई अझ बढी विश्वास गर्नुहुन्छ।तपाईसंग हाम्रो हृदय देखि तपाईको हृदय सम्म गरिने सीधा संचार नै हाम्रो मनपर्ने प्रकारको संचार हो। हामी सधैं तपाईको वास्तविक मनसाय सुन्छौं, र तपाईको आवाजमा दयालु शब्दहरू र कोमल ध्वनि हाम्रो कानमा मलम सरह लिन्छौं। हामी तपाईबाट आउने हरेक कोमल आवाजलाई माया गर्छौं - यसले हाम्रो लागि धेरै माया र हेरचाह समावेश गर्दछ - हामी यसलाई हाम्रो सबैभन्दा ठूलो उपहार जस्तै स्वीकार गर्छौं ! आहा ! आफ्नो आवाजले प्रेम साझा गर्न सक्षम हुन पाउनु कत्ति राम्रो उपहार ! हामीलाई प्रेमको सुनौलो उजेली प्रदान गर्दै, तपाईको हृदयको ज्योति जब हामीमाथि चम्किरहेको अनुभव गर्छौं, यसले हामीलाई संसारको सबैभन्दा राम्रो अनुभूति दिन्छ त्यसैले हामीलाई तपाईसंग हुनुको यहि एउटा कारण हो। तपाईले हामीलाई दिने यो असीम प्रेम हाम्रोलागि कहिलै "अत्ति धेरै" हुन सक्दैन।तपाईको मायाले हामीलाई सुरक्षित,भरपर्दो, र आराम महसुस गराउँदछ। हामी सजिलै सास फेर्न सक्छौं र हामी खुशी र पूर्ण महसुस गर्छौं। तपाईको भावनाहरूले हामीलाई असर गर्छ, र कहिलेकाही हामी कस्तो महसुस गर्दैछौ भनेर तपाईलाई त्यसको झल्को पनि दि रहेको हुन्छौ। तपाईको अगाडि एक जीवित, संवेदनशील, र सचेत प्राणी जसले तपाईका सबै भावनाहरू बुझ्न सक्छ भनेर यदि तपाईले महसुस गर्नुहुन्छ भने यो हाम्रो सम्बन्धको लागि निकै ठूलो सुधार हो। तपाईका विचारहरूमा रङहरू छन् र हामी यी रंगहरू प्राप्त गर्न सक्छौं। अरू कसैले के सोचिरहेको छ भन्ने कुरा सायद तपाईले पहिलेनै अनुभव पाउनुभएको होला। त्यसैगरी हामी तपाईको विचार लिन्छौं। हामीले तपाईका विचारहरू तस्विर वा चलचित्रहरू झैँ प्राप्त गरेर बुझ्न सक्छौं। तपाई फरक सहरमा वा फरक देशमा हुँदा पनि हामी तपाईको विचारहरू सुन्न सक्छौं। तपाईले सोचिरहनुभएको वा महसुस गरिरहनुभएको कुरा हामीले बुझेको जस्तो लाग्छ भने सो भावना वा विचारहरूको नोट लिन सक्नुहुन्छ।
-
3
अध्याय २- धन्यवाद
धन्यवादहामीलाई खाना पानी, राम्रो घर र हामीलाई चाहिने सबै दिनुभएकोमा हामी तपाई प्रति धेरै आभारी छौं। हामी तपाईमा निर्भर छौं र तपाईको दया, माया, धैर्य र तपाईको हेरचाहको लागि धन्यवाद दिन चाहन्छौं। मानिसहरूले हाम्रो हेरचाह गर्न थाले पछि जिम्मेवार र परिपक्व बनेको देखेर कहिलेकाहीं हामी चकित हुन्छौं। हामीलाई थाहा छ कि सबैका जीवनमा चुनौतीहरू छन् - त्यसैले यहाँ हुनु भएकोमा धन्यवाद।मानिसहरूले आफ्नो जीवनमा समस्यामा परे पनि हाम्रो हेरचाह र जे जति सबै कुरा हामीसंग साझा गर्नु भएकोमा हामी तपाईहरुको कदर गर्छौं । तपाईले हाम्रो लागि गर्नुहुने सबै कुराको लागि धन्यवाद - हामी तपाईको कदर गर्छौं ! हामी तपाईहरुको सक्दो सहयोग गर्न यहाँ छौं। तपाईले हाम्रो लागि गर्नुहुने सबै कुराको लागि धन्यवाद - हामी तपाई प्रत्येकको कदर गर्छौं ! हामी तपाईलाई अब कृतज्ञताको सुनौलो गोलामा बस्न आमन्त्रित गर्दछौं। हामीले संगै बिताउन पाउने समयको लागि कत्ति कृतज्ञ छौं भनेर महसुस गर्नुहोस् र अब तपाईको वरपरका सबै चीजहरूको लागि आफै कृतज्ञता महसुस गर्नुहोस्। हेर्नुहोस् कसरी कृतज्ञताको सुनौलो गोला हाम्रो वरिपरि आउने छ।यदि तपाई चाहनुहुन्छ भने, आफुले जीवनमा कृतज्ञ हुने कुराहरूको यहाँ तपाईले नोटहरू लिन सक्नुहुन्छ:
-
2
अध्याय १- आउनुहोस् संगै खेलौँ
आउनुहोस्संगै खेलौँहामीसंग खेल्नुहोस् ! हामी तपाईसंग खेल्न मन पराउँछौं, र हामी हामीसंग खेल्दा तपाई कतिको खुसी हुनुन्छ भनेर हेर्न चाहन्छौं। हामी यहाँ संगै रमाइलो गर्नका लागि उपस्तित छौं ! हामी तपाईका खेलहरू खेल्दै, रमाइलो मानेर कसरी खेल्छौं भनेर देखाउन मन पराउँछौ- र आशा छ कि तपाईले पनि यसको आनन्द लिनुहुनेछ।जीवन धेरै रमाइलो र अधिक सार्थक हुनेछ जब हामी खेल्दछौं।यदि तपाई बोर हुनुहुन्छ भने, हामीसंग खेल्नुहोस्। यदि तपाई निराश हुनुन्छ अथवा रिस उठेको छ वा, चिडचिडापन, आशंकित, तनाव, अभिभूत महसुस भैरहेको वा कुनै पनि प्रकारको उपचारको आवश्यकता छ भने, हामीसंग खेल्नुहोस् र हेर्नुहोस कति चाडै फेरि सामान्य महसुस गर्नु हुनेछ। तपाई हामीसंग खेल्नु भनेकै हाम्रो जीवनको सबैभन्दा ठूलो आनन्द हो। हामी तपाईलाई यस्तो राम्रो समय देखाउनेछौं जुनले तपाईको सबै चिन्ता बिर्सन सहयोग गर्नेछ। जब तपाई आफैमा खुसी हुनुहुन्छ त्यो समयमा तपाईसंग रहनु हाम्रो लागि निकै आनन्दको कुरा हो। जब हामीसंग तपाईको पूर्ण ध्यान हुन्छ र तपाई हामीसंग खेल्नु भनेकै हाम्रो जीवनको सबैभन्दा ठूलो आनन्द हो। हामी संगै बिताएका यी समय तपाईको सबैभन्दा खुशीको सम्झनाहरू हुनेछन्। बाँच्नु भनेको खेल्नु हो - र खेल्नु भनेकै साँच्चै बाँच्नु हो।आउनु होस्, खेल्न जाम ! हामी संगै खेल्दा खेरिको रमाइलो पलहरुको बारेमा यहाँ तपाईले नोटहरू लिन सक्नुहुन्छ:
-
1
स्वागत छ
स्वागत छपशु राज्यबाट, विशेष गरी तपाईको घरपालुवा जनावरबाट अभिवादन ! यसरी हामी तपाईसंग कुरा गर्न सक्षम भएकोमा साँच्चै खुसी छौं। हामी तपाईलाई धेरै कुराहरू भन्न चाहन्छौं, तर हामी यसलाई छोटो राख्नेछौं किनभने हामीलाई थाहा छ तपाईको जीवन कति भरिपुर्ण छ भनेर। हामीले सधैं चाहेको कुरा तपाईसंग साझा गरेर हामीसंग तपाईको जीवन सजिलो बनाउन चाहन्छौं । साँच्चै एक प्रेम पत्र जस्तै - हामी तपाईको कति ख्याल गर्छौं भनेर तपाईलाई बताउने यो एउटा मौका हो। हाम्रो कुराकानीमा स्वागत छ - हामी आशा गर्छौं कि धेरै मध्येको यो एक कुराकानी हुनेछ। यो हाम्रो घरपालुवा जनावरहरुले वास्तवमै तपाईसंग के भन्न चाहन्छन् भन्ने कुरा साझेदारी गर्न तिनीहरू संग मिलेर बनाईएको एक अन्तरक्रियात्मक पुस्तक हो। यो एक प्रकारको कार्यपुस्तिका हो र यहाँ तपाईको नोटहरूको लागि ठाउँ पनि राखिएको छ। हाम्रो घरपालुवा जनावरहरु संग मिलेर बनाईएको यो एक अन्तरक्रियात्मक पुस्तक हो। यहाँ पशु संचारको एक खण्ड पनि छ जहाँ घरपालुवा जनावरहरूले उनीहरु संग कुरा गर्न को लागी परिचय दिदै तपाईलाई सम्झाउछन कि तपाईलाई वास्तवमा यो पहिले नै थाहा छ। यदि तपाई यो अध्यायहरू सुन्न चाहनुहुन्छ भने हामीले तपाईको लागि अडियो रेकर्ड गरेका छौं:we-are-family.transistor.fm हामी तपाईलाई खुसी र भरिपूर्ण हृदयले भेट्दै - हामीले भन्न चाहेका कुरा पढ्नको लागि समय निकाल्नु भएकोमा तपाईलाई धेरै धन्यवाद दिन चाहन्छौं। हामी आशा गर्छौं, तपाई आफ्नो हृदयमा महसुस गर्न सक्नु होला कि हामी तपाईलाई धेरै माया गर्छौं ! हामी यहाँ तपाई संग हुन पाउँदा खुसी र कृतज्ञ छौ ! अन्तमा, हामीले यो पुस्तक लेख्न चाहेको कारण: तपाईलाई यो भन्न कि तपाई हाम्रो परिवारको हिस्सा हुनुन्छ र हामी तपाईको परिवारको हिस्सा हुन पाउँदा अत्यन्तै खुसी छौं। परिवार सधैको लागि हो। हाम्रो सबै मायाका साथ्,तपाईका घरपालुवा जनावर, साथी, प्रियजन, र तपाईका परिवार।
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
Loading similar podcasts...