जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature podcast artwork

PODCAST · arts

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature

हामी धेरै जनावरहरू- हात्ती, बिरालो, जिराफ- र प्रकृतिका धेरै भागहरू- पहाडहरू, नदीहरू, रूखहरू- र हामी तपाईलाई हाम्रो शुभकामना, हाम्रा गुणहरू र हाम्रा आशीर्वादहरू बाँड्न चाहन्छौं।हामीले तिनीहरूलाई अभिव्यक्त गर्न पशु र प्रकृति संचारको उपकरणको प्रयोग गरेका छौं र हामी तपाईलाई हामीले ल्याएका उपहारहरू प्राप्त गर्न आमन्त्रित गर्दछौं।हामी तपाईका साथीहरू, तपाईको परिवार हौं, र हामी जीवन भनिने यो यात्रामा संगै छौं।

  1. 24

    जनावर र प्रकृतिबाट आशीर्वाद

    हामी तपाईको पृथ्वीमा आनन्द र शान्ति चाहन्छौं,हामी तपाईको खुशी र माया चाहन्छौं।तपाई र तपाईको र सबैको साथहामी तपाईको हृदयमा मित्रताको कामना गर्दछौं ।हामी आशा गर्छौ कि तपाईले समय पाउनुहुनेछतपाईको गहिरो इच्छा सुन्नको लागि,आफ्ना साथीहरू र परिवारलाई बलियो राख्नुहोस्र तिनीहरूलाई आफ्नो सबै शक्ति संग प्रेम दिनुहोस्।हामी तपाईलाई उपचार, आशा र प्रेम पठाउँछौंर यस विशेष समयको लागि आशीर्वाद -भित्री शान्ति र सबैको लागि प्रेम गर्दैमाथिको भगवानबाट उज्यालो महसुस गर्नुहोस्। 

  2. 23

    सूर्यबाट आशीर्वाद

    घामको उज्यालोले तपाईको बाटो चम्कियोस्,अन्धकारलाई नरम पार्दै तपाईको सत्यता तपाईको जीवनर आफैलाईखोज्न सहयोग गरोस। 

  3. 22

    नीलमबाट आशीर्वाद

    चीजहरू कस्ता छन्र तपाई यहाँ किन हुनुहुन्छजान्नको भावनालेम तपाईलाई संरचनाको आशीर्वाद दिन्छु।तपाईको उद्देश्यर तपाई जहाँ हुनुहुन्छहेर्न को लागि भित्री उज्यालो रस्पष्टताको म तपाईलाई आशीर्वाद दिन्छु।म तपाईलाई आश्चर्य,उज्यालो र हाँसो,रमाइलो र मित्रताको आशीर्वाद दिन्छु।म तपाईलाई साँचो प्रेमको र तपाईले मन पराउने मान्छेहरुको मनमाघर बनाउनेठाउँको आशीर्वाद दिन्छुर हृदयमातपाईले फेला पार्नु भएको प्रेमहरूको आशीर्वाद दिन्छु।

  4. 21

    ज्वालामुखीबाट आशीर्वाद

    म तपाईलाई ज्वालाले,तपाईको आँखामा सत्यता लिएर,आफ्नो बाटो हेर्न स्पष्टताको आशीर्वाद दिन्छु।आफ्नो आत्माको गहिराइबाट सिर्जना गर्नम तपाईलाई विचार, प्रेरणा,र धारणाहरुको आशीर्वाद दिन्छु।तपाईको सपना पुरा गर्न,उत्साह संगर तपाईको पाइलामा वसन्त लिएर,आफ्नो लक्ष्यमा पुग्न, वा दौडन,म तपाईलाई शक्तिको आशीर्वाद दिन्छु। आफ्नो सत्यता खोज्नु जरुरी छ,मनको आवाज सुन्नु होस्,उत्साह, भित्री आनन्द महसुस गर्नुहोस्,र आफ्नो आत्माको ज्वाला महसुस गर्नु होस्।

  5. 20

    मौरीहरु बाट आशीर्वाद

    नाचिरहेका छौं, नाचिरहेका छौं,तपाईको लागि मह खोज्दैहामी सधैं नाचिरहेका छौं।घुम्दछौ, घुम्दछौ,हामी सधैं घुमिरहन्छौं,हामी उड्छौं र धेरै गर्न बाँकी छ।हामी सूर्यलाई माया गर्छौं,हाम्रो घारलाई माया गर्छौं,हामी पनि एकअर्कालाई माया गर्छौं।सूर्यको सुनौलो हर्षको तपाईलाई आशीर्वाद दिन चाहन्छौं,मित्रता र रमाइलो परिवेशको हामी तपाईलाई कामना गर्दछौं,हामी तपाईको लागि खुसीको समय चाहन्छौं!सुनको मुटु लिएर,तपाई संसार वरिपरि घुमाउने बनाउनहामी तपाईलाई प्रकाशको आशीर्वाद दिन्छौं।हो, हामी र तपाई, तपाई र हामी,हामी संसारलाई घुमाउने बनाउँछौं।

  6. 19

    चीलबाट आशीर्वाद

    कुरालाई हल्का रुपमा लिने स्वतन्त्रताको ,म तपाईलाई आशीर्वाद दिन्छु ।भविष्य हेर्नको लागिम जति टाढा देख्ने दृष्टिको म तपाईलाई आशीर्वाद दिन्छु ।तपाईको बाटोमा के आउँदैछ जान्नको लागिसहजै आफ्नो पखेटा खोल्नर उचाइमा उक्लिन सक्ने छामताकोम तपाईलाई आशीर्वाद दिन्छु।र जीवनलाई सार्थक बनाउन म तपाईलाई असल मित्रताको आशीर्वाद दिन्छु,एउटा ठाउँजहाँ तपाईको आत्माले आराम गर्न सकोस,एउटा स्थानजहाँ तपईको हृदय आराम गर्न सकोस।

  7. 18

    सल्लोको रुखबाट आशीर्वाद

    तपाईको लागि मेरो आशीर्वादजहाँबाट तपाई आफैलाई हेर्न सक्नुहुन्छत्यस्तो एक ठाउँ मिलोस के गर्नु पर्छ,के परिवर्तन गर्न आवश्यक छ,र यो जे भएनी सिद्ध छ,यो जस्तै भएनी सिद्ध छ।

  8. 17

    हिमालहरु बाट आशीर्वाद

    धरतीको स्थिरता तपाईलाई मिलोस,हिमाली मुहारको बलतपाईलाई मिलोस,हिमाली भेगको न्यानोपनतपाईलाई मिलोसहिमाली चुचुरोको शिखरतपाईलाई मिलोसचट्टान र क्रिस्टलहरूका स्पष्टता तपाईलाई मिलोससम्पूर्ण हिमाली श्रृंखलाको शक्तितपाईलाई मिलोस। 

  9. 16

    हंसहरुबाट आशीर्वाद

    हामी अब तपाईलाई अनुग्रह र सौन्दर्यकोआशीर्वाद दिन्छौं,केही समय हामीसंग पौडी खेल्नुहोस् -सात समुन्द्रमा तैरिनु होस्,र चारैतिरको सुन्दरता हेर्नुहोस्,र महसुस गर्नुहोस् कि तपाई स्वतन्त्र हुनुहुन्छ।

  10. 15

    पुतलीहरूबाट आशीर्वाद

    जीवनले भरिएको टोकरी:हामी तपाईलाई दिन्छौं,हामी तपाईलाई तपाईको लागि उत्तम छनौट गर्न मद्दत गर्छौं,र कहिलेकाहीँ पनि, हामी तपाईलाई भन्छौंघुम्ने समय भयो,यो घुम्ने समय हो।तपाईको लागि के राम्रो छत्यो तपाई आफैले देख्नुहोस भनेर हामी चाहन्छौं:आफ्नो जीवन रोज्नुहोस्, र फेरि रोज्नुहोस्,तपाईको जीवन परिवर्तन हुनेछ र तपाई पनि परिवर्तन हुनेछ,अनि तपाईले छनोट गरिरहनु भएको छ, त्यसपछि,तपाईले तिनीहरूलाई एक पटक फेरि छनोट गर्नुहोस।तपाईलाई के दिइएको छ भन्ने विश्वास गर्नुहोस्लिन सक्नुहुन्छ, यो जीवन तपाईको हो।तपाईसंग जे छ त्यसलाई उत्तम बनाउनुहोस्र यदि तपाई सक्नुहुन्न भने, हामीलाई हेर्नुहोस् -र विश्वासको साथ उफ्रनु र उड्नुहोस्राम्रो किनार, राम्रो समयको लागी -र आफ्नो जीवन नयाँ सुरु गर्नुहोस् -यो जिन्दगीमा केही बन्नुहोसयो जीवनलाई केहि बनाउनुहोस्,र -उड्नुहोस् !

  11. 14

    नदीबाट आशीर्वाद

    म तपाईको लागि जीवनको जल ल्याउनेछु,म तपाईको भाग्य ल्याउँनेछु,तपाईलाई साथमा लगेर,तपाईको लक्ष्यको बाटोम देखाउने छु। अन्धकारलाई चिरेर आफ्नो बाटो खोज्न सक्ने छामताको म तपाईलाई आशीर्वाद दिन्छु। त्यहाँ सधैं एक प्रवाह छजसले तपाईलाई साथमा लैजान सक्छ,तपाई कहाँ हुनुहुन्छ वास्ता नगर्नुहोस्र तपाई जहाँ भएपनि,मेरो प्रवाहले तपाईलाई घर भेट्टाउन सहयोग गर्नेछ।म तपाईलाई तपाईको बाटो र बुद्धिमा,विश्वास गर्ने छामताको आशीर्वाद दिन्छुम तपाईलाई आफ्नो लागि कुन बाटो रोज्ने भन्ने ज्ञानको आशीर्वाद दिन्छु,अनि विगतलाई छोडेर,भविष्य खोज्दै,हामी छोड्छौं र फेला पार्छौंहरेक क्षण संगै ,हिड्ने र विश्वास गर्नेर अघी बढ्ने तपाईको हृदयको प्रवाहसंगचल्ने र विश्वास गर्ने।प्रवाह संग बग्दैआफ्नो आत्माको बाटो खोज्ने।

  12. 13

    भालुहरूबाट आशीर्वाद

    भालुको बलको,ध्यान गर्दै मार्ग सजिलो संग पाउने क्षमता,लचिलोपन र लगनशीलता,आफु र आफ्नो मानव जातिका लागि उब्बिन सक्ने क्षमताको हामी तपाईलाई आशीर्वाद दिन्छौं।तर प्रायः हामी तपाईलाई साना भालुले जस्तैलडी बुडी -खेल्दाको आनन्दको आशीर्वाद दिन्छौंर तपाईको जीवन पनि रमाइलो रहोस्! 

  13. 12

    केराउका फुलबाट आशीर्वाद

    म तपाईलाई प्रकाशको आशीर्वाद दिन्छुतपाईको पाइलामा उफ्रिएरम तपाईलाई साथीहरूको आशीर्वाद दिन्छुहरेक अनुहारमा मुस्कानम तपाईलाई फूलले आशीर्वाद दिन्छुतपाईको बाटोमा सबैको साथर म तपाईलाई सुन्दरता, राम्रो स्वास्थ्य,र राम्रो इच्छाको आशीर्वाद दिन्छु।म तपाईको हल्का हातहरुलाई आशीर्वाद दिन्छुजसले खाँचोमा परेकाहरूलाई सहयोग गरोस,म तपाईको कोमल हृदयलाई आशीर्वाद दिन्छुजसले अरुलाई दिनको लागि हरेक पल अघी बढोस म तपाईलाई जीवनमा मनमोहकसाहसिक कार्यहरूको आशीर्वाद दिन्छुम तपाईलाई हरेक दिन र हरेक रातभर आशीर्वाद दिन्छु।

  14. 11

    पानीका मुहानहरु बाट आशीर्वाद

    म तपाईलाई ताराहरूको आवाजले आशीर्वाद दिन्छु,म तपाईलाई शुभकामनाको साथ आशीर्वाद दिन्छु,म तपाईलाई शान्त हृदयले आशीर्वाद दिन्छु,म तपाईलाई स्वर्ग र पृथ्वीबाट आशीर्वाद दिन्छु,म तपाईलाई बहाव र प्रवाहको साथ आशीर्वाद दिन्छु।म तपाईलाई आशीर्वाद दिन्छु कि तपाई बाँच्न सकौ,म तपाईलाई आशीर्वाद दिन्छु कि तपाईले क्षमा गर्न सकौ।म तपाई हिड्ने घाँसलाई आशीर्वाद दिन्छु,म तपाईको खुट्टा, पाखुरा, र हातलाई आशीर्वाद दिन्छु।म तपाईलाई अहिले आशीर्वाद दिन्छु, म तपाईलाई सधैं आशीर्वाद दिन्छु,म तपाईको ओठ र तपाईको कोमल स्पर्शलाई आशीर्वाद दिन्छु,तर सबै भन्दा धेरै म तपाईको उपस्थितिलाई आशीर्वाद दिन्छु,तपाईको चम्किलो स्वरुप स्वयम् यहाँ हुनु,तपाई घरमा हुनुहुन्छ, र सुरक्षित र स्वस्थ,र तपाई चारैतिर धन्य हुनुहुन्छ। यहाँ भएर, तपाईले यो ठाउँलाई आशीर्वाद दिनुहुन्छ,तपाईको हँसिलो अनुहारले आशीर्वाद दिनुहोस्।सास र माया ले तपाईमा सास फेर्नेछ,सास लिनुहोस् र भगवानले तपाईमा सास फेर्नुहुनेछ। 

  15. 10

    हिरणबाट आशीर्वाद

    रहस्यमय -त्यो हामी तपाईको लागि हो।अर्को संसारको लागि संकेतकजहाँ जीवन हल्का र अधिक रंगीन छ।हामी अर्को संसारको लागि तपाईको मार्गदर्शक हौंप्रकाश र स्वतन्त्रताको संसार।हामी तपाईसंग सम्पर्कमा रहन्छौंर तपाई हाम्रो शक्ति र हाम्रो रहस्य महसुस गर्न सक्नुहुन्छ।के तपाईलाई थाहा छ तपाई हामीसंग कुरा गर्न सक्नुहुन्छ,र हामी तपाईलाई यो जीवनमा मार्गदर्शन गर्न सक्छौं?हामीलाई थाहा छ तपाईलाई कुनै पनि समयमा के चाहिन्छ,साथीहरू र प्रियजनहरू भेट्न,वा अगाडि यात्रा गर्न, सधैं अगाडि बढ्नहामी तपाईलाई अर्को पक्षमा मद्दत गर्न तयार छौं।के तपाईलाई थाहा छतपाईले बाँच्नु भएको जीवन यो मात्र होइन?कि त्यहाँ अन्य जीवनका ढोकाहरू छन्,अन्य संसारमा?हामी त्यी संसारका रक्षक हौं,र जब तपाई तयार हुनुहुन्छ हामी तिनीहरूलाई तपाईसंग साझेदारी गर्न चाहन्छौं।रहस्यमय? हो, तर तपाई पनि रहस्यमय हुनुहुन्छ,तपाई भित्रका यी सबै सत्य तपाईलाई थाहा छ।तपाईलाई थाहा छ जीवनको पवित्रता,तपाई भित्र आफ्नो साँचो आत्माको बारेमा।र थाहा हुन्न पनि कसरी ?मेरो आँखामा हेरर बुझ्न खोज्नुहोससंसारका सबै रहस्यहरू।महिमा र आनन्द बुझ्नुहोस्र सत्य पनि।तपाईका साथीहरूबाट आशीर्वादयो जीवन यात्राका लागि।

  16. 9

    गिलहरीबाट आशीर्वाद

    म वरिपरि भएपछि,तपाईसंग सधैं पर्याप्त हुनेछ,तपाईलाई चाहिने तपाईसंग सधैं हुनेछ,प्रशस्तता पनि -सबै तपाईका लागि हुनेछ।तपाईको लागि मेरो आश्चर्यतपाईले चाहेको कुरा प्राप्त गर्दै हुनुहुन्छ।गिलहरी को आत्मालाई सम्पर्क गर्नुहोस्,र के हुन्छ हेर्नुहोस्।बस यसलाई एक प्रयास दिनुहोस्!हामी तपाईलाई आश्चर्य गर्न चाहन्छौं,तपाईसंग हाम्रो प्रशस्तता साझा गर्न चाहन्छौं। के तपाई प्राप्त गर्न तयार हुनुहुन्छ?हामी तपाईलाई माया र हेरचाह गर्छौं।

  17. 8

    जिराफहरूबाट आशीर्वाद

    हामी तपाईलाई आदरपूर्वक आशीर्वाद दिन्छौं।यो अत्यावश्यक छआफूलाई जे सहि लाग्छ त्यही गर्नु,आफ्नो हृदय र आत्माको कुरा सुन्नु अनि आफ्नो बाटो हिड्नु। तपाईलाई न नेता चाहिन्छ, न मार्गदर्शक,तपाई आफ्नो ज्योति आफै चम्काउन सक्नुहुन्छर अँध्यारो गल्लीहरूर उज्यालो भरिएको ठाउँहरूमा,आफैलाई नेतृत्व गर्नुहोस्। हामी तपाईको साथी हौ,सबै जनावरहरू तपाईका साथी हुन्,तर के गर्ने भनेर हामी तपाईलाई भन्ने छैनौं।हामी केवल विचारहरू दिन सक्छौं, तपाईको हृदयलाई धकेल्न सक्छौं,तर आफ्नो विचार आफै बलियो बनाउनुपर्छ। के तपाई हाम्रो र संसारको हेरचाह गर्नु हुन्छ?के तपाईको मनले जे भन्छ तपाई त्यही गर्नु हुन्छ?उत्तर तपाईलाई मात्र थाहा छ,तपाईले केवल आफ्नो कुरा सुन्नु पर्छ।आफ्नो हृदयको कानेखुशी सुन्नके तपाई तयार हुनुहुन्छ ?म तपाईलाई आशीर्वाद र प्रेम पठाउँछु -र हसिलो मनोवृत्तिले,धेरै उतार चढावमा,तपाईलाई पार गराउने छ। मेरो मुटु तपाईको मुटुमा मिलोस्र तपाईलाई चाहिने कुरा प्रदान गरोस।

  18. 7

    हात्तीहरूबाट आशीर्वाद

    कोमल विशाल दैत्य भएर,हाम्रो बुद्धि र ज्ञानको भण्डार ले -हामी विशेष जादू ल्याउछौं।हामी सबै प्रकृतिको लयमा बाँच्न आवश्यक छ,दाजुभाइ र दिदीबहिनी झैयोग्य प्रतिष्ठा र सम्मान दिदैर हाम्रो वन्यजन्तुको संरक्षण गर्दै एक अर्कालाई माया दिनुहोस्। तपाई प्रकृतिको अंश र हामी परिवार हौ।हामी तपाईको ख्याल राख्छौं र तपाईलाई माया गर्छौं।आफ्नो छोराछोरीको र तपाईका नाती नातीना का निम्ती-कृपया संसारको ख्याल राख्नुहोस्।हामी सबै एक हौं।हाम्रो शक्ति,हाम्रो नम्रता, हाम्रो बुद्धिर हाम्रो हर्ष !यही छ हाम्रो आशिष तपाइको निम्ति।

  19. 6

    भँगेराहरूबाट आशीर्वाद

    हामी यहाँ सधैं तपाईको साथमा छौं -हामीलाई तपाईले बीउ खुवाएको मनपर्छ,जे सक्नुहुन्छ दिनुहोस्, प्राणी हामी साना छौंत्यसैले तपाईको सहयोग र तपाईको सबै माया चाहिन्छ।तर अरुलाई पनि तपाईको सहयोगको खाचो छ,भोकाएका तपाईका आफ्नै प्रजातीहरु,तपाईका दाजुभाइ दिदीबहिनीहरू हुन्,तिनीहरूलाई पनि खुवाउनुहोस् र माया दिनुहोस्हामी ताराबाट आएका, सबैजना,हामी तपाईलाई ताराहरूको आशीर्वाद दिन्छौंहामी तपाईलाई सुनेर आशीर्वाद दिन्छौंचारैतिर जसलाई तपाईको आवश्यकता पर्ला,त्यी सबैका भाव सुन्ने क्षमताको तपाईलाई आशीर्वाद दिन्छौं।हामी तपाईको घर, सदन,र चुल्हालाई आशीर्वाद दिन्छौं,र केवल आफ्नो जीवन जिउनुहोस,अनि जति सक्दो स्वस्थ्य रहनुहोस,किनकि हामी मात्र एक सहयोगी हौं।तपाईको दयाको लागि धन्यवाद, प्रिय,तपाईको प्रेमका कार्यहरूको लागि धन्यवादहामी नजिकै छौं र तपाईको पवित्र जीवित जीवनको माध्यमबाट तपाईसंग उड्छौं।

  20. 5

    कटुसको रूखबाट आशीर्वाद

    तिम्रो पातहरुमा हावा परोस भनेर यो आशिष लागोस तिमीलाई ,पृथ्वीझै शान्ती होस भनेर यो आशिष लागोस तिमीलाई युवावस्थाको मुहान सधै रहोस भनेर यो आशिष लागोस तिमीलाई । सत्यताको आशिष लागोस तिमीलाई ,हुदा दिन र नहुदा लिन सकौ तिमीयो आशिष लागोस तिमीलाई सूर्य र चन्द्रमाको किरण सधै रहोस तिमीमा ,यो आशिष लागोस तिमीलाई। प्रेमको लागि समय सधै रहोस तिमीमा,यो आशिष लागोस तिमीलाई। सम्पन्न जीवन -पवित्र जीवन,सधै रहोस यो आशिष लागोस तिमीलाई। 

  21. 4

    डल्फिनहारुबाट आशीर्वाद

    हामीसंग खेल्नुहोस्!हामी तपाईलाई खेल्ने आनन्द ल्याउँछौं।आफ्ना साथीहरूसंग खेल्नुहोस्र आफ्नो विचार संग खेल्नुहोस्र खुकुलो भएर आराम गर्नुहोस्।हामी कुरालाई हल्का रुपमा लिदैआवाज, रंग,र विचारहरू संग खेल्दै,तपाईको जीवनमा आशीर्वाद ल्याउँछौं। तपाईको वास्तविकताको छवि छोड्नुहोस्विश्वास गर्नुहोस् कि अन्य संस्करणहरू सम्भव छन्र तपाईले तिनीहरूलाई फेला पार्नुहुनेछ,जब तपाई आफैलाई रचनात्मक हुन दिनुहुन्छ।कुनै दबाब छैन, एक क्षण मात्र लिनुहोस्,सास फेर्नुहोस्, मुस्कुराउनुहोस्र आफैलाई आफ्नो जीवन फेरि सिर्जना गर्न दिनुहोस्।हामी यो कस्तो देखिन्छ हेर्न खुशी हुनेछौं,र हामी तपाईलाई साथ दिनेछौंतपाईको नयाँ संसारमा।

  22. 3

    डेजीबाट आशीर्वाद

    म एक खुशी आत्मा हु।म तपाईलाई बगैचामा भेट्छुर मुस्कान दिने प्रयास गर्छु।तपाईले फुलको माला बनाएरएक अर्काको कपालमा सजाउनुहोस-वा हार जस्तै लगाउनुहोस्।मलाई तपाईको नजिक हुन मन लाग्छर खुशी अनि उमङ्ग सधै रहोस भनि म आशीर्वाद दिन चाहन्छु।तपाईलाई दु:ख लाग्दा मलाई खोज्नुहोस्,र मेरो उमङ्गले तपाईको मनोभाव एकैचोटि उठेको महसुस गर्नुहोस्।म जस्तै सुन्दर फूल तपाई,यो पृथ्वीमा एक सुन्दर प्राणी।यहाँ आउनु भएकोमा धन्यवाद-तपाई तपाई हुनु भएकोमा धन्यवाद।

  23. 2

    बिरालोहरूबाट आशीर्वाद

    तपाईलाई हाम्रो आशीर्वाद दिनहाम्रो लागि आनन्दको कुरा हो, पक्का र दयालु हामीहाम्रो जीवनमा उमङ्ग सरि नाच्छौं ।हामी तपाईलाई मनोहरताका साथ आशीर्वाद दिन्छौंर तपाईको वरपरको सुन्दरता संग,जीवनको आशिषहरु हेर्नुहोस् भनि हामी तपाईलाई आशीर्वाद दिन्छौं। 

  24. 1

    सिंहबाट आशीर्वाद

    म तपाईलाई साहस दिन यहाँ छु,सिंहको बलर रोजेको कार्यगर्ने शक्ति दिन।म जस्तो शक्तिशाली कोही छैन,म पशुहरूको राजा हुँ,र तपाई एक राजा वा रानी हुन सक्नुहुन्छ,जब तपाई आफ्नो डरमाथि उब्बिनु हुन्छर आफ्नो उज्यालो तरवार उठाउनुहोसर भन्नुहोस्:मैले जे गर्न रोजेको छुम यहाँ छु र म गर्नेछु।यो मेरो जीवन हो। 

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

हामी धेरै जनावरहरू- हात्ती, बिरालो, जिराफ- र प्रकृतिका धेरै भागहरू- पहाडहरू, नदीहरू, रूखहरू- र हामी तपाईलाई हाम्रो शुभकामना, हाम्रा गुणहरू र हाम्रा आशीर्वादहरू बाँड्न चाहन्छौं।हामीले तिनीहरूलाई अभिव्यक्त गर्न पशु र प्रकृति संचारको उपकरणको प्रयोग गरेका छौं र हामी तपाईलाई हामीले ल्याएका उपहारहरू प्राप्त गर्न आमन्त्रित गर्दछौं।हामी तपाईका साथीहरू, तपाईको परिवार हौं, र हामी जीवन भनिने यो यात्रामा संगै छौं।

HOSTED BY

Tina Sieber

CATEGORIES

Frequently Asked Questions

How many episodes does जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature have?

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature currently has 24 episodes available on PodParley. New episodes are automatically indexed when they're published to the podcast feed.

What is जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature about?

हामी धेरै जनावरहरू- हात्ती, बिरालो, जिराफ- र प्रकृतिका धेरै भागहरू- पहाडहरू, नदीहरू, रूखहरू- र हामी तपाईलाई हाम्रो शुभकामना, हाम्रा गुणहरू र हाम्रा आशीर्वादहरू बाँड्न चाहन्छौं।हामीले तिनीहरूलाई अभिव्यक्त गर्न पशु र प्रकृति संचारको उपकरणको प्रयोग गरेका छौं र हामी तपाईलाई हामीले ल्याएका उपहारहरू...

How often does जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature release new episodes?

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature has 24 episodes. Check the episode list to see recent publication dates and frequency.

Where can I listen to जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature?

You can listen to जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature on PodParley by clicking any episode. We provide an embedded audio player for direct listening, and you can also subscribe via your preferred podcast app using the RSS feed.

Who hosts जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature?

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature is created and hosted by Tina Sieber.
URL copied to clipboard!